विवाहमा खाना होइन लाइटका कारण सयबढी बिरामी !

 विवाहमा खाना होइन लाइटका कारण सयबढी बिरामी !

एजेन्सी: प्राय विवाह भोजमा जाँदा मानिसहरु खानाको कारणले बिरामी हुने गर्दछन्। तर के तपाई लाइटका कारण बिरामी भएको सुन्‍नु भएको छ ? भारतको अहमाबादमा एउटा विवाह पार्टीमा सहभागी हुन आएका सय बढी आफन्त लाइटका कारण बिरामी भएका छन्।

बिरामी हुनेमा दुहलीसहित सय बढी आफन्त रहेका छन्। बिरामी हुनुको कारण खाना नभइ विवाहमा तामझामले सजाइएको लाइटको एलर्जी नै हो। बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ।

विवाहमा सजावटको लागि हेलोजोन र हिलियमको प्रयोग गरिएको थियो जसको असरले मानिसलाई ठूलो एलर्जी भयो। व्यापारीले अकरम कादर सैयद र सबिया मुनीरखान पठान वैवाहिक कार्यक्रमलाई भव्य बनाउन यस्तो झकिझकाउ बनाएको थियो। तर बिहान बेहुलीसहित धेरैलाई आखामा पोल्‍ने समस्याले सताएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। बेहुली बिरामी भएपछि प्रहरीले घटनाको छानबिन गरिरहेका छन्।

यसका साथै राति विवाह हर्न आउने अन्य मानिसलाई पनि हिलियम र हेलोजोनको असर परेको छ। उनीहरुलाई पनि समस्या भएको बेहुलीपक्षका स्थानीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.