पहिलो पटक चन्द्रमाको भ्रमणमा दुई व्यक्ति !
एजेन्सी: अमेरिकाको एउटा प्राइभेट रकेट कम्पनीलाई चन्द्रमाको भ्रमणमा लैजानका लागि दुई व्यक्तिले पैसा दिएका छन्। स्पेस एक्सका सिइओ एलन मस्कले चन्द्रमामा लैजान दुई व्यक्तिले पैसा दिउको समाचार बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार उनीहरु कम्पनीको योजनामा सन् २०१८को मे महिनामा जाने बताइएको छ। एलन मास्कका अनुसार चन्द्रमाको भ्रमणका लागि अथाह पैसा जम्मा गरिसकेका छन्। उनले भनेका छन्, '४५ वर्षमा यो पहिलो मौका हुनेछ जहाँ मानिस पहिलो पटक अन्तरीक्षमा यात्रा गर्नेछ।'
तर अहिलेसम्म चन्द्रमामा जाने ती दुई व्यक्तिको नाम भने खुलाइएको छैन। तर उनीहरु जुन स्पेशक्राफ्टबाट चन्द्रमामा ट्रिप जानेछन् उनीहरुको परीक्षण यो महिनाको मे मा हुने बताइएको छ। स्पेसक्राफ्टलाई पहिले चरणमा मानव रहित नै पठाइने छ भने दोस्रो चरणमा मात्रै मानिसँग पठाइनेछ।
एलन मस्कले यो कार्य नासाको सहयोगबिना यो काम असम्भव भएको बताएका छन्। उनले चन्द्रमामा यात्रा गर्ने मानिसहरु सौर्यमण्डललाई तीव्र गतिले पार गर्ने बताए। यात्रीको पहिचानको लागि मस्कले ती दुवै यात्री एकअर्कासँग परिचित रहेको तर हलिउडबाट नभएको बताएका छन्। (एजेन्सीको सहयोगमा)
.