पुल्चोकमा विद्युतीय मतदानले छिटो नतिजा : अखिल क्रान्तिकारी विजयी
काठमाडौं : पुल्चोक इन्जिनियरिङ क्याम्पसले स्ववियु चुनावमा विद्युतीय मतदान गरेको छ। विद्युतीय मतदानका कारण नतिजा पनि छिटो आएको छ ।
नतिजा अनुसार सभापतिमा विजयी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका रोशन थापा मगरले चार सय ९७ ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका सुदीप चालिसेले चार सय ३६ मत पाएका छन् ।
सचिव, कोषाध्यक्षसहित अन्य चार सदस्यमा एमाले निकट अखिल तथा माओावदी केन्द्रका निकट क्रान्तिकारीले अध्यक्षसहित तीन सदस्य जितेको छ । त्रिविको आंगिक क्याम्पसमा आएको यो पहिलो नतिजा हो ।