'एक्कासि किस खाएपछि सौगातको गालामा चड्काएछुु'

'एक्कासि किस खाएपछि सौगातको गालामा चड्काएछुु'

पोखरा: मुस्ताङको नौरीकोटमा कबड्डी कबड्डीको छायांकन चलिरहेको थियो । दयाहाङको अगाडि सौगात मल्लले रिष्माको गालामा ‘किस’ खान खोज्जे । तर रिष्मालाई गालामै भए पनि ‘किसिङ सिन’ दिन मन थिएन । उनले निर्देशक रामबाबु गुरुङसँग सौगातलाई किस गर्न नदिने अड्डी कसिन् । रिष्माको अघि रामबाबुको जोर चलेन । उनले ‘चिटिङ सट’ गर्ने भनेर रिष्मालाई फुल्याए । रामबाबुले ‘लाइट, क्यामरा, एक्सन’ भन्ने बित्तिकै सौगातले रिष्माको गाला चुमिहाले । तत्कालै रिष्माले सौगातको गाला चड्काइन् । छायांकनस्थल हाँसोले गुञ्जायमान भयो ।

कबड्डी, कबड्डी कबड्डी र झुम्की नायिका रिष्मा गुरुङलाई उनका आफन्त र साथीसंगीले ‘रिस नाकको टुप्पोमा’मा भएको भन्छन् । पोखरा घारीपाटनमा जन्मे हुर्केकी यी नायिका जति छिटो रिसाउँछिन, उति नै छिटो शान्त हुन्छिन् । चुलबुल गर्नु यिनको स्वभाव हो । हातले केही नचलाई बोल्नै सक्दिनन् । रिष्मा उनको बाबाले राखिदिएको नाम हो । ‘अलि युनिक नाम राख्न खोजेर होला’, उही चञ्चलतामा उनले भनिन्, ‘नत्र हेमकुमारी, फूलमाया हुन्थ्यो होला ।’ चलचित्र खेल्दै गएपछि उनको झनक्क रिसाउने बानी चाहिँ बदलिएको छ । ‘घरमा रिस देखाए पनि सहन्छन्, बाहिरको मान्छेले नसहँदा रहेछन्’, उनले भनिन्, ‘आफ्नो काम निकाल्न पनि रिसाउन हुँदो रैन्छ भन्ने सिकें ।’


किस खाँदैन भन्ने लागेको बेला एक्कासि खाएपछि सौगातको गाला चड्काएछु । त्यो तत्काल क्रियाको प्रतिक्रियामात्र थियो तर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भयो ।

सौगातलाई थप्पड तत्काल क्रियाको प्रतिक्रिया भएको उनले स्पष्ट पारिन् । भनिन्, ‘किस खाँदैन भन्ने लागेको बेला एक्कासि खाएपछि हात उठेको हो तर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भयो ।’ रिसाउन छाडेकी रिष्माको रिस फिल्मवालासँग चाहिँ अझै मरेको छैन । सम्झौताअनुसारको पारि श्रमिक समयमा नदिने पीडा उनले पनि भोगेकी छन् । उनको अभिनय यात्रा गुरुङ चलचित्रबाट सुरु भएको हो । कर्म, कर्म रेखा र मनको मान्छे उनले अभिनय गरेका गुरुङ चलचित्र हुन् । भनेअनुसारको पारि श्रमिक नदिने प्रवृत्ति उनलाई मन पर्दैन । ‘पहिला नामको लागि खेल्थें, अब कमाइ पनि गर्नुपर्‍यो’, उनी भन्छिन् ।

कबड्डीमा अभिनय गर्ने उनको कुनै रुचि थिएन । चलचित्र क्षेत्रमा रहर भए पनि ठूलो ब्यानर सोचेकी थिइनन् । एक दिन उनी साथीसँग लभ्ली पोखरा डटकममा फोटोसुट गर्न गइन् । फोटोग्राफर ओम लामाले उनको फोटोसुट गरेर वेभसाइटमा राखे । कबड्डी समूहले थकाली अनुसार खोजिरहेको थियो । समूहले वेभसाइटको तस्बिर देखेर नै ‘मैयाँ’ को भूमिकामा रिष्मा फिट हुने देख्यो । पुरानो डुंगानायक माओत्से गुरुङमार्फत रामबाबुले रिष्मालाई अफर गरे । तर उनी तयार भइनन् । ‘त्यतिबेला अलि भल्गर फिल्महरू आइरहेको थियो’, चार वर्षअघिको समय सम्झँदै उनले भनिन्, ‘त्यस्तै होला भनेर कबड्डी रिजेक्ट गरे ।’

वर्ष दिन बित्यो । कबड्डी समूहले पुनः माओत्सेमार्फत रिष्मालाई नै प्रस्ताव ग¥यो । यसपटक रिष्माको सामु प्रस्तावमात्रै थिएन हातमा स्कृप्ट पनि थियो । उनले भनिन्, ‘स्कृप्ट मन परेको र माओत्से मामाले अलि बढी जोड गरेपछि नाइँ भन्न सकिन ।’ तीनवटा गुरुङ चलचित्रमा काम सकेकी रिष्मालाई ठूलो ब्यानरमा सजिलो भयो । कबड्डीमा मैयाँको भूमिकामा मज्जैले जमिन् उनी । आफ्नै स्वभाव चलचित्रमा उतार्न उनलाई अप्ठेरो भएन । रिष्मालाई चिन्नेले रियल र रिलमा उस्तै देखे । जुन उनको बलियो पक्ष सावित भयो ।

अहिले भने उनीसँग चलचित्र छैन । ‘मलाई फेक कुरा गर्न मन लाग्दैन, ठूला ब्यानरबाट प्रस्ताव आएको छैन’, नादान बालिकाझै उनले भनिन्, ‘गुरुङ चलचित्रबाट अफर आएको छ तर मलाई गर्न मन लागेको छैन ।’ तीन वटा चलचित्रमा उस्तै भूमिका भएकाले भिन्न चरित्र पाए खेल्ने उनको सोच छ । पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन उनलाई पढाइ पनि पूरा गर्र्नुछ । देशविदेशमा हुने कार्यक्रममा सहभागी हुन जाँदा अध्ययन खल्बलिएको उनको भनाई छ । नृत्यमा पोख्त रिष्माले हङकङ, कोरिया, जापान, बेलायत, बहराइन, कतार र दुबईका स्टेज तताइसकेकी छन् ।

म्युजिक भिडियोका लागि पनि उनलाई अफर प्रायः दिन नबिराई आउँछ । तर अध्ययनका कारण काम गर्न पाएकी छैनन् । मेलिना राईको गीतमा खेल्ने प्रस्ताव भने उनले नाइँ भन्न सकिनन् । कोरियामा कार्यक्रमका क्रममा जाँदा मेलिनाले आफ्नो गीतमा खेल्न प्रस्ताव गरेकी थिइन् । ‘लेकै फुल्यो लालीगुराँस’ बोलको गीतमा छिट्टै रिष्मालाई देख्न पाइने भएको छ ।

रिष्माको रिस देखेका केटाले उनलाई प्रेम प्रस्ताव राख्ने आँट गरेका होलान त ? ‘अबि !.. किन नगर्नु नि? ’, ठूला आँखा बनाउँदै उनले भनिन्, ‘स्कुलमा हुँदा मभन्दा जुनियरले धेरै मन पराउँथे ।’ अहिले नै बिहे गर्ने उनको सोँच भने छैन । भन्छिन्, ‘पहिले पढाइ पूरा गरेर अरू कुरा सोच्ने हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.