बियोन्सको ठाउँमा लेडी गागा

बियोन्सको ठाउँमा लेडी गागा

अन्ततः ‘कोएचेला भ्याली म्युजिक एन्ड आर्ट फेस्टिबल’मा महिला कलाकारले नै लिड गर्ने भएकी छन् । अप्रिल १५ देखि २२ सम्म हुने फेस्टिबलमा लेडी गागा सहभागी हुने भएपछि महिला कलाकारको नेतृत्व सुनिश्चित भएको हो ।

यसअघि बियोन्सलाई हेडलाइनर तोकेकोमा उनी गर्भवती भएकाले आउन नसक्ने भएपछि विख्यात सांगीतिक फेस्टिबलमा दशकमै पहिलोपटक हुने महिला नेतृत्व अन्योलमा परेको थियो । ‘लौ मरुभूमिमा पार्टी गरौं’ कार्यक्रमको पोस्टर सार्वजनिक गर्दै लेडी गागाले इन्स्ट्राग्राममा खुसी व्यक्त गरेकी छन् ।

हरेक वर्ष दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा हुने कोचिला महोत्सव संगीत र फ्यासनले भरिपूर्ण हुन्छ । जहाँ झन्डै दुई लाख मानिस सहभागी हुन्छन् ।हरेक हप्ता महोत्सवको तयारीमा जुटिरहेकी बियोन्स पछिल्लो हप्ता डाक्टरको निर्देशनअनुसार उपस्थित हुन छाडेकी हुन् ।

उनले जुम्ल्याहा बच्चाको आशा गरिरहेकी छन् । लेडी गागा भने अगस्ट १ देखि सुरु हुने विश्व भ्रमणको तयारीमा छन् । उनले वर्षको अन्त्यसम्ममा उत्तरी अमेरिकादेखि युरोपसम्मको यात्रा गर्ने योजना छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.