आलिया भट्ट र महेश भट्टलाई मार्ने धम्की
एजेन्सी: फिल्म निर्देशक महेश भट्ट र उनकी छोरी नायिका आलिया भट्टलाई अज्ञात व्यक्तिले मार्ने धम्की दिएका छन्। भारतीय समाचार एजेन्सी पीटीआइका अनुसार मुम्बई पुलिस अपराध महाशाखाले निर्देशक महेश र नायिका आलियालाई मार्ने धम्कीबारेमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।
मुम्बई पुलिसका डीसीपी अशोक दुधेले उत्तर प्रदेशको एक अज्ञात व्यक्तिले महेश भट्टलाई फोन तथा ह्वाट्स एपमा ५० लाख रुपैँया फिरौतीको माग गरेको जानकारी दिएको पीटीआइले जनाएको छ। डीसीपी दुधेका अनुसार ती व्यक्तिले नायिका आलिया भट्टलाई पनि क्षति पुग्ने धम्की दिएका छन्।
मार्ने धम्कीपछि महेश भट्टले ट्विटमार्फत प्रहरीलाई बचाइदिन आग्रह गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, 'फिरौती तथा मेरव परिवारको जरिवाना असुलीका लागि धम्की आएको छ। महाराष्ट्र तथा मुम्बई पुलिसले यसलाई अनुसन्धान गरेर नियन्त्रिण गरेको छ। प्रहरीप्रति आभारी छु।'
A bolt from the blue in the form of an extortion call & threat to my family was nipped in the bud by the MH & UP police in tandem.Gratitude!
— Mahesh Bhatt (@MaheshNBhatt) March 2, 2017
गत वर्ष महाराष्ट्र नव निर्माण सेनाले महेश भट्टलाई पाकिस्तानी फिल्म बनाएमा कुटपिट गर्ने धम्की दिएका थिए। संगठनले फिल्म निर्देशक करण जझहरलाई पनि धम्की दिएका थिए।