अनुसन्धानको निष्कर्ष: हात्ती सबैभन्दा कम सुत्‍ने स्तनधारी जनावर

अनुसन्धानको निष्कर्ष: हात्ती सबैभन्दा कम सुत्‍ने स्तनधारी जनावर

एजन्सी: जंगली हात्ती करिब दुई घण्टा मात्रै सुत्‍ने गरेको तथ्य पत्ता लागेको छ। वैज्ञानिकहरुले अफ्रिकी जंगलमा दुई वटा हात्तीलाई निगरानीमा राखेर गरेको अनुसन्धानबाट उक्त तथ्य पत्ता लगाएको बीबीसीले उल्‍लेख गरेको छ। 

उनीहरुले चिडियाखानामा हात्ती प्रत्येक दिन चार देखि ६ घण्टा सुत्‍ने गरेको तर जंगलमा हुँदा दुई घण्टा मात्रै सुत्‍ने गरेको बताएका छन्। वैज्ञानिकले भनेका छन, 'जंगलमा प्राकृतिक आवास भएकाले हात्तीलाई दुई घण्टा निद्रा पुग्‍ने तर चिडियाखानामा भने कृत्रिम आवास भएकाले चारदेखि ६ घण्टा चाहिन्छ।'

वैज्ञानिकहरुले गरेको अध्ययनमा दुई हात्ती आ-आफ्नो बथानका मूख्य नाइके रहेको बताएका छन्। उनीहरुका अनुसार सिकारीले सिकार गर्न सक्‍ने डरबाट बच्‍न हात्तीले बीचबीचमा आखा खोल्‍ने गर्छन्। यसका साथै हात्तीले तीन/चार दिनमा एक पटक मात्रै जमेर सुत्‍ने गरेको वैज्ञानिकको दाबी छ।

दक्षिण अफ्रिकाको विवाटरसेण्ड विश्‍वविद्यालयका प्रोफेसर पोल म्याङगरले भनेका छन्, ' हात्ती सबैभन्दा कम सुत्‍ने स्तनधारी जनावर हो। इव उसको ठूलो शरीर भएकै कारण हो।'

उनको टीमले ती हात्तीको सुडमा एउटा उपकरण जडान गरेर तथ्याङक संकलन गरेका थिए। सूडलाई पाँच मिनेटसम्‍मस्थिर राख्‍ने आधारमा यो उपकरणले सबै
जानकारीहरु दिने गरेको थियो।

वैज्ञानिकहरुले हात्तीको निन्द्रालाई जीव विज्ञानको पहिलो नम्बरमा राखेको छ। तर बाँच्‍नको लागि सुत्‍नु सबैको लागि अति नै जरुरी रहेको बताएका छन्।

भालु दिनभरीमा १४ घण्टा सुत्‍ने गर्छ भने मानिसलाई आड घण्टामै निद्रा पुग्छ। तर हात्ती यतस थोरे समय सुतेर पनि कसरी बाँच्छ ? भन्‍नेबारेमा थप अनुसन्धान गरिरहेका छन्। उनीहरुले यसमा नर हात्तीलाई समेत लिएका छन्। यस्‍तै उनीहरुले आँखाको रेटिना घुमाएर हेर्ने र सपना देख्‍नेबारेमा समेत अध्‍ययन गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.