अमिताभले बाँडे छोराछोरीलाई बराबर सम्पत्ति

अमिताभले बाँडे छोराछोरीलाई बराबर सम्पत्ति

पुरुष र महिलाबीच कहिल्यै भेदभाव नगर्ने बताउँदै आएका बलिउड महानायक अमिताभ बच्चनले व्यवहारमा उक्त कुरा गरेर देखाएका छन् । उनले ट्विटमा ब्यानरसहितको फोटो सार्वजनिक गर्दै मृत्युपछि आफ्नो नाममा रहेको सम्पत्ति छोरा अभिषेक बच्चन र छोरी श्वेता नन्दालाई समान रूपमा बाँडिने उल्लेख गरेका छन् ।

महिला दिवसको पूर्वसन्ध्यामा बलिउड महानायक अमिताभले गरेको यो घोषणाको उनका प्रशंसकले निकै प्रशंसा गरेका छन् । धेरैले उनलाई रिल जीवनको मात्र होइन ‘रियल' जीवनको पनि ‘हिरो' भनेका छन् ।

अमिताभले महिलाका पक्षमा सधैं वकालत गर्दै आएकोमा उनले गरेको यो घोषणाले महिला पुरुष समानताको पक्षमा ठूलो काम गर्ने विश्वास उनका प्रशंसकदेखि आममानिसले गरेका छन् ।

उनलाई उनका प्रशंसकहरूले ‘अमिताभ रिलमात्र होइन रियल लाइफका महानायक' हुन् भनेर सलाम गरेका छन् । –एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.