कमल थापाले गरे ६ उपाध्यक्षसहित २७ पदाधिकारीको मनोनयन

कमल थापाले गरे ६ उपाध्यक्षसहित २७ पदाधिकारीको मनोनयन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ६ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका छन्।

मनोनयनमा पाँच महामन्त्री, चार सहमहामन्त्री, ६ सहायक महामन्त्री, तीन प्रवक्ता, एक सहप्रवक्ता, कोषाध्यक्ष एक र सहकोषध्यक्ष एक गरी २७ पदाधिकारीको मनोनयन गरेका हुन्।

६ उपाध्यक्षमा दीपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय मनोनित भएका छन्।

महामन्त्रीमा भने सूर्यबहादुर थापाका छोरा एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्द, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा मनोनित भएका छन्। सहमहामन्त्रीमा मने चद्रबहादुर गुरुङ, हेमजंग गुरुङ, निलकण्ठ काफ्ले र राम थापा मनोनित भएका छन्। सँगै सहायक महामन्त्रीमा कुन्ती शाही, मनोज प्रधान, वृजलाल यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, बिन्दु पहाडी र राजाराम बर्तौला मनोनित भएका छन्।

त्यसैगरी तीन प्रवक्तामा रोशन कार्की, भुवन पाठक र सुशील श्रेष्ठ मनोनित भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ मनोनयनमा परेका छन्।

पार्टी कोषाध्यक्षमा भने उद्धव पौडेल र सहायक कोषध्यक्षमा गिरीधर परियार मनोनित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.