पाकिस्तानले भारतमा रसायनिक हतियारबाट हमला गर्दै

पाकिस्तानले भारतमा रसायनिक हतियारबाट हमला गर्दै

एजेन्सीः भारतीय रक्षा मन्त्रीले पाकिस्तान रसायनिक हतियारको प्रयोग मार्फत भारतमा हमला गर्ने योजनामा रहेको आशंका गरेका छन्। उनले पाकिस्तानले अफगानिस्तानको सिमाना नजिकै आतंकवादी विरद्ध गरेको कारवाहीमा यस्ता हतियारको प्रयोग गरेका दावी गरेका छन्।

रक्षा मन्त्री मनोहर पर्रिकरले युद्धका बेला जैविक तथा रसायनिक हतियारको प्रयोगलाई लिएर चिन्ता व्यक्त गर्दै कुनै पनि हतियारको नियन्त्रणका लागि तयार रहेको बताउका छन्। छिमेकी देश अफ्गानिस्तानको सिमानामा आतङ्कवादीको विरुद्ध गरिएका कारवाहीमा यस्ता हतियार परिक्षणको रुपमा प्रयोग भएको आशंका गरेका छन्।

रक्षा अनुसन्धान एवम् विकास संगठनको एक कार्यक्रममा रक्षा मन्त्री पर्रिकर ले भने 'अफगानिस्तानको सिमाना नजिकै जुन हतियारको प्रयोग भइरहेको छ, त्यसमा रासायनिक हतियार हुन सक्छन्' उनले बताएका छन् 'अफगाननिस्तान र उत्तरी भागबाट आएका रिपोर्ट हरु मैले हेरेँ ती तस्बिरमा देखिएका घाउका चिह्नमा रसायनिक हतियारको प्रभाव देख्न सकिन्छ।'

मन्त्री पर्रिकरले भनेका छन् 'उक्त मामलाको पुष्टि त भएको छैन।तर ती तस्बिरहरु डरलाग्दा छन्। जानकारी अनुसार गत महिना शाहबाज कलंदरको धार्मिकस्थलमा भएको आत्माधाती हमलामा १०० भन्दा बढी व्यक्ति मारिएका थिए भने दुर्इ सय ५० भन्दा बढी घाईते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.