पतिको मृत्युपछि ३० वर्षदेखि चिया मात्रै पिउने महिला
एजेन्सी: के तपाईले कहिल्यै सुन्नुभएको छ मानिस चिया मात्रै खाएर बाँच्न सक्छ? तर भारतको हाजीपुरमा एक महिलाले ३० वर्षदेखि चिया मात्रै पिएर बाँचिरहेकी छिन्।
पतिको मृत्युपछि उनले अन्न र जल त्याग गरेर चिया मात्रै पिउँदै आएकी छिन्। उनले आफ्नो जीवन चिया मात्रै पिएर बिताउँदै आएकी छिन्।
चियामात्रै पिउने यो महिलालाई छिमेकी र स्थानीबासिन्दाले चायवाली काकी भनेर बोलाउने वा चिनाउने गरेका छन्। हाजीपुरदेखि ६ किलोमिटरको दूरीमा रहेको रामपुरमा गाउँमा ती महिला बस्दै आएकी छिन्।