'एमाले अभियान गलत समयमा'

'एमाले अभियान गलत समयमा'

काठमाडौः तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल एमालेले गलत समयमा मेची-काली अभियान सञ्चालन गरेको बताउँदै यसले मधेसमा द्वन्द्व बढ्ने चेतावनी दिएका छन् ।

‘अहिले मधेस अशान्त अवस्थामा छ । जनतामा आक्रोश छ । ठाउँठाउँमा आन्दोलन भइरहेका छन् । यस्तो अवस्थामा एमालेले गलत समयमा गलत काम गरेको छ । यसले जनतामा गलत सन्देश प्रवाह भएको छ', उनले भने, ‘यसले वातावरण बिगार्छ । स्थितिलाई भड्काउँछ । परिस्थिति असहज बन्छ । अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ ।'

राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले एमालेको अभियानले असहज स्थिति पैदा हुने खतरा बढ्दै गएको बताए । ‘हामी अहिले शान्तिपूर्ण आन्दोलनमा छौं । एमाले लट्ठी लिएर आए उसले मधेसमा नमस्कार पाउँदैन, तिरस्कार पाउँछ ।'

एमालेको अभियानलाई तपाईंहरूले प्रतिवाद गर्ने तयारी गर्नुभएको हो भन्ने जिज्ञासामा उनले भने, ‘हामी कहाँ चुप लागेर बसेका छौं र ? हामी त शान्तिपूर्ण आन्दोलनमै छौं । हाम्रो माग पूरा गराउन लागिरहेका छौं ।'

संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै ठाकुरले भने, ‘संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ । त्यसको विकल्प छैन । हाम्रा माग मधेसका मात्रै होइनन्, देशकै माग हुन् ।' ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने चेतावनी दिए । सरकारले स्थानीय तह निर्वाचन मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको टिप्पणी गर्दै उनले भने, ‘सरकारले चुनावको मिति घोषणा गरे गल्ती गर्‍यो । अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको छ ।'

तीनबुँदे सहमतिअनुसार संविधान संशोधन गरेर मात्रै चुनाव गर्नुपर्ने उनको जिकिर थियो । ‘हामी चुनावविरोधी होइनौं तर संशोधन नभईकन चुनावमा भाग लिँदैनौं । मुलुकको प्रत्येक परिवर्तनको केन्द्रबिन्दु मधेस रहँदै आएको छ । शासनको केन्द्रबिन्दु काठमाडौंमा छ । त्यसैले हामी उठाएका माग पनि सम्बोधन हुनुपर्छ ।'

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई आफूहरूले पहिलेदेखि नै अस्वीकार गरेको भन्दै उनले जनसंख्याका आधारमा पुनर्संरचना नगर्दा बजेट विनियोजनमा समेत असर पार्ने चिन्ता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.