सोमालियामा हैजाको प्रकोपबाट करिब एकसय जनाको मृत्यु

सोमालियामा हैजाको प्रकोपबाट करिब एकसय जनाको मृत्यु


मोगादिसु: सोमालियाको दक्षिणी क्षेत्रमा लामो खडेरीपछि हैजाको प्रकोपका कारण विगत दुई दिनमा ११० जनाको मृत्यु भएको र कैयौँ गम्भीर बिरामी परेका केन्याका प्रधानमन्त्री हसन अलि खाइरेले बताएका छन्।

प्रधानमन्त्री खैरेका अनुसार मुलुकको क्षेत्रमा खडेरीपछि ठूलो सङ्ख्यामा हैजा र अन्य रोगका असर देखिएको जनाउँदै सरकारले यस्ता प्रकोप नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी कार्यक्रम ल्याउने भन्दै केन्याली जनतालाई विश्‍वास दिलाएका छन्।

सोमालियाको दक्षिणपूर्वी क्षेत्रलाई प्रतिनिधित्व गरी कृषिमन्त्री समेत बन्नुभएका मोहमद हसन फिकीले शनिबारै हैजाको प्रकोप आफूहरुको नियन्त्रण क्षमता बाहिर रहेको बताउँदै राष्ट्रिय सरकार र अन्तराष्ट्रिय समुदायसँग मानवीय सहयोगको याचना गरेका छन्।

क्षेत्रको गुफगड्डुड अवडिनले र वेरडेल इलाकामा हैजाले स्थानीयलाई नराम्री सताएको र यस रोगका कारण लगातार सर्वसाधारणको मृत्यु भएको खबर प्राप्त भइरहेको बताए।

उनले शनिबारसम्म ११० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाउँदै रोग नियन्त्रणमा सहयोग नभएमा सो सङ्ख्यामा निकै वृद्धि हुने देखिएको बताए। रोग नियन्त्रणका लागि स्थानीय स्वास्थ्य केन्द्र तथा प्रशासनको केही नलाग्ने देएिको फिकीको भनाइ छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.