चीनले घटायो आर्थिक वृद्धिदरको लक्ष्य

चीनले घटायो आर्थिक वृद्धिदरको लक्ष्य

एजेन्सीः विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनले आफ्नो आर्थिक वृद्धिदरको लक्ष्यलाई घटाएको छ। चिनियाँ प्रिमियर ली कचियांगले घोषणा गरेका छन् की यस बर्षको आर्थिक वृद्धिदर साँढे छ प्रतिशत र सात प्रतिशतको अनुमानित लक्ष भन्दा मुनि अर्थात साँढे छ प्रतिशतको हाराहारीमा रहनेछ ।

बेइजिङमा नेशनल पिपुल कङ्ग्रेसलाई संबोधन गर्र्दै कचियांगले यस्तो घोषणा गरेका हुन् । बेइजिङको ग्रेट हलमा आयोजित नेशनल पिपुल्स कांग्रेसको बार्षिक अधिवेशनमा ३ हजार भन्दा बढी एनपीसीका सदस्यहरुले भाग लिएका थिए ।

चिनिया अर्थतन्त्रमा पछिल्ला २६ बर्षको अनुपातमा सवैभन्दा सुस्त आर्थिक वृद्धिदर गत साल रेकर्ड गरिएको थियो । भारतीय केंद्रीय सांख्यिकी संगठन ९सीएसओ० ले हालै जुन आँकडा जारी गरेको छ उसका अनुसार अक्टोबर देखि डिसेम्बर अर्थात आर्थिक बर्षको तेस्रो चौमासिकसम्म आथिर्क वृद्धिदर सात प्रतिशत रहने अनुमान छ । तर यो दोस्रो चौमासिकको वृद्धिदर ७.४ भन्दा कम हो ।

कचियांगले एनपीसीमा भने 'बजारको माग पूरा गर्नका लागि अत्याधिक कोइला र स्टीलको उत्पादन गरिरहेको उद्योगलाई राहत प्याकेज ल्याउनु पर्नेछ ।' यस्ता खालका कुरा पछिल्लो बर्ष पनि भएका थिए । तर उनले पुरा भने गरेनन् एनपीसी र उसलाई सल्लाह दिने संस्था बीच प्रत्येक बर्ष औपचारिक बैठक हुने गर्दछ । चिनियाँ प्रिमियरले चीन संसारको दोस्रो अर्थतन्त्र बन्नुको पछाडि पैसाको कमीले काम गरेको बताए । यो कयापलट प्रतिज्ञा मार्फत नै भएको दावी गर्दै यसमा पीडा पनि थुपै भएको उनले बताए ।

सो अवसरमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता सी जिङपिङप्रति आभार व्यक्त गरे । उनले भने, 'पार्टीको दृढ नेतृत्वका कारण चिनियाँ जनतालाई हरेक अप्ठ्यारा र चुनौतीसँग बहादुरी र चतुर्याई पूर्वक लड्ने क्षमता मिलेको छ ।' चीनको दुःखमा देशका हरेक इलाकामा पुगि जनतालाई राहत दिएको उनको दावी छ । प्रीमियरले अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले चीनको व्यपार नीत र विनिमय दरलाई लिएर गरेको आलेचनालाई अप्रत्क्ष रुपमा जवाफ दिए ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.