'एसी'लाई विस्थापित गर्दै 'क्लास पोलिमिटर हाइब्रिड'
एजेन्सी: गर्मी महिना सुरु भएसँगै मानिसहरु 'एसी'को जडान गर्न तयारी गरिरहेका छन्। कोठालाई गर्मीमा ठण्डी बनाउन धेरै उपायहरु अपनाउने गर्छन्।
साइनस जर्नलमा प्रकाशित एक शोधका अनुसार क्लास पोलिमिटर हाइब्रिडले 'एसी'लाई पनि विस्थापित गरिदिनेछ।
यो पदार्थ करीब ५० माइक्रोमीटर मोटाइ रहेको हुन्छ। यसमा रहेको आल्मुनियमले सूर्यको प्रकाशलाई चिसो सजिलै बनाउन सक्छ। यो पदार्थलाई धेरै कम लागतमा बनाउन सकिन्छ। तर यसको लागि विजुलीको एकदमै आवश्यकता पर्दछ।
शोधकर्ताका अनुसार अब धेरै कम लागतमा यसलाई अपनाएर एसीलाई विस्थापित गर्न सकिन्छ। रेडियोएक्टिव टेक्नोलोजीको माध्यमबाट एसीलाई सजिलै विस्थापित गर्न सकिने शोधकर्ताहरुको निष्कर्ष रहेको छ।
यो प्रक्रियाद्वारा भवनलाई मात्रै नभइ कुनै पनि चीजलाई चिसो बनाउन सकिन्छ। यसमा सबैभन्दा लाभकारी चीज भनेको सोलार पावर जडान गरिएको हुन्छ जसले कम लागतमा एसीको काम गर्छ।
यूनिभर्सिटी अफ व्योमिङ्समा जारी शोधमा घरको छतमाथि १० देखि २० वर्गमीटर ठाउँमा रेडियोएक्टिव टेक्नोलोजी लगाइएको छ जहाँ एसीभन्दा चिसोको मात्रा बढी छ। तर यो पदार्थलाई धेरै मात्रामा उत्पादन गर्न धेरै चुनौती रहेको अनुसन्धानमा खटिएका शोधकर्ताहरुले बताएका छन्। यसका साथै यसलाई 'एसी'को पहुँच नभएको घर वा जहाँसुकै पनि लगाउन सकिन्छ।