सलमानसम्म पुग्ने बाटो खोज्दै उनकी पूर्व प्रेमिका
एजेन्सीः यी हिरोइनले आफ्नो पहिलो फिल्ममा सुपरस्टार सलमानसँग काम गरेकी थिइन । त्यसपछि यी हिरोइन फिल्मी दुनियाँबाट यसरी गायब भइन कि कसैलाई उनको सम्झना नै आएन । तर यी हिरोइन फेरि सलमान खानसम्म पुग्न चाहिरहेकी छिन् त्यसका लागि आफू सलमान खानको पूर्व प्रेमिका भएको बताइरहेकी छिन् ।
कुरा डेजी शाहको फिल्म 'जय हो' मा काम गर्दा देखिको हो । पछिल्लो समय डेजी शाह सलमान की भूपू-'ग्रल्डफ्रेण्ड' संगीता विजलानीसँग निकटता बढाउने प्रयास गरिरहकी छिन् । हरेक ठाउँमा संगीता र डेजी शाह सँगसँगै देखिदै आएका छन् । क्रिकेट म्याच, कुनै पार्टी वा हरेक गतिविधिमाडेजी र संगीता बिजलानी साथै देखिन्छन् ।
भनिन्छ अलग भएपनि संगीता बिजलानी र सलमान खानको सम्बन्ध आजसम्म पनि अति गहिरो छ । यो कुरामा डेजी शाह पनि राम्रैसँग जानकार छिन् । यो वास्तविकतालाई ध्यनमा राखेर नै संगीतालाई सलमानसम्म पुर्याउने सिढी निमार्ण गर्ने काममा डेजी लागिपरिरहेकी छिन् ।
डेजी शाह फिल्म उद्योगमा प्रवेश गरेको केही बर्ष मात्रै भएको छ ।यति छोटो समयमा संगीता र उनको मित्रता यति गहिरो भयो, यी दुई सधैँ एकै साथ देखिन थाले । सलमानका जति 'गर्लफ्रेण्ड' छन ती मध्ये हाल संगीता बिजलानी सबैभन्दा नजिक छिन् । उनीमाथि सलमानका परिवारको पनि नजर छ । यसैको फइदा उठाउने प्रयासमा डेजी शाह लागिरहेकी छन् ।