नागिन-२ को सुटिङमा अभिनेता आर्यन घाइते
एजेन्सीः नागिन–२ सिरियलका कलाकार आर्यन पण्डित सुटिङमा गम्भीर घाइते भएका छन् । सुटिङका क्रममा चोेट लागी घाइते भएपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो ।
उपचारपछि उनले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै आफूलार्इ १८ टाँका लगाइएको बताएका छन् । आर्यनले यस सिरियलमा राँकी अर्थात करविन बोहराको भान्जे भाइको भूमिका निर्वाहा गरिरहेका छन् ।
नागिन–२ भन्दा पहिला आर्यनले दहलीज, न आना इस देश लाडो जस्ता सिरियलमा आफ्नो क्षमता प्रदर्शन गरि सकेका छन् ।