कोरियाली तनाव कम गर्न चीनको सुझाव

कोरियाली तनाव कम गर्न चीनको सुझाव

बेइजिङः चीनले कोरियाली द्वीपमा देखिएको विवाद सुल्झाउन अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियालाई आ-आफ्ना गतिविधि बन्द गर्नुपर्ने बताएको छ । उत्तर कोरियाले परमाणु परीक्षण कार्यक्रम र अमेरिका-दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रोक्नुपर्ने स्पष्ट पारेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले सञ्चारकर्मीसँग भनिन्, ‘कोरियाली द्वीपमा मडारिरहेको संकट कम गर्न चीनले आग्रह गर्छ । उत्तर कोरियाले आफ्नो परमाणु एवं क्षेप्यास्त्र परीक्षण स्थगित गर्नुपर्छ भने अमेरिका र दक्षिण कोरियाले कोरियाली टापुमा संयुक्त सैन्य अभ्यास तत्काल रोक्नुपर्छ ।'

दुवै पक्षले आपसी समझदारी बनाउन यस्ता गतिविधि रोक्नुपर्ने आग्रह गरिन् । सुरक्षा संकट समाप्त गर्न र वार्तामा बस्न उक्त कार्य अत्यावश्यक भएको उनको भनाइ थियो । दुवै पक्षले भिड्ने वातावरण सिर्जना गरेर वार्ता गर्ने स्थिति नै बन्न नसकेको उनले दाबी गरिन् । कोरियाली क्षेत्रमा शान्ति कायम गर्न दुवै पक्षले लक्ष्मण रेखा पार गर्न खोज्न नहुने उनले सुझाव दिइन् ।

उत्तर कोरियाले परमाणु परीक्षण कार्यक्रमलाई निरन्तरता दिँदै अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाइसकेको छ । अमेरिकाले यसको विरोध गर्दै उत्तरमाथि नाकाबन्दी लगाउँदै आएको छ । अमेरिकाले दक्षिण कोरियामा टर्मिनल हाई अल्टीच्युड एरिया डिफेन्स (थाड) क्षेप्यास्त्र तैनाथीको पनि चीनले निन्दा गरेको छ । अन्य विकल्प हुँदाहुँदै उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाले तनावपूर्ण वातावरण सिर्जना गरेको उनले बताइन् ।
दुवै पक्षले आ-आफ्ना उत्तेजक गतिविधि बन्द गरे कोरियाली द्वीपमा शान्ति कायम गर्न चीनले सहयोग गर्ने स्पष्ट पारिन् ।

उत्तर कोरियाले मंगलबार एकैपटक चारवटा प्रतिबन्धित शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । चारवटै क्षेप्यास्त्र करिब एक हजार किलोमिटरको दूरीसम्म आकाशमा उडी समुद्रमा झरेका थिए । चारमध्ये तीनवटा क्षेप्यास्त्र जापानी सागरमा खसेका थिए । उत्तर कोरियाले विभिन्न शृंखलाका साना, ठूला आधुनिक क्षेप्यास्त्रहरू निरन्तर परीक्षण गर्दै आइरहेको छ । अमेरिका र दक्षिण कोरियाबाट जहिले पनि उत्तर कोरियालाई खतरा रहेको भन्दै उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन आफ्नो मुलुकको आणविक शक्ति र क्षेप्यास्त्र क्षमता वृद्धि गराउन खुलेरै लागेका छन् ।

केही समयअघि अमेरिका र उत्तर कोरिया मिलेर संयुक्त रूपमा विशाल सैनिक अभ्यास प्रदर्शन गरेकामा त्यसकै जवाफ स्वरूप उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण नरोक्ने दाबी गर्दै आएको छ । सोल र वासिङटनले गत साता वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए । यसबाट उत्तर निकै आक्रामक देखिएको छ । ती दुई देशबीचको संयुक्त सैन्य अभ्यास ‘फोल इगल' सुरु भएको भोलिपल्टै त्यसको जवाफमा शत्रु सेनाका विरुद्ध परमाणु कारबाही गर्ने चेतावनी दिएका थियो ।

उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएले ‘अमेरिकी साम्राज्यवादी र त्यसको कठपुतली दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको छेउमै खतरनाक परमाणु युद्ध अभ्यास फेरि सुरु गरेको' उल्लेख गर्दै त्यसको कडा जवाफ दिने चेतावनी दिने बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.