आर्इएस प्रमुख 'बग्दादी' मोसुल शहर छोडी मरुभूमितिर भागे
एजेन्सीः विश्वलाई नै थर्कमान बनाइ रहेको स्लामिक स्टेट(आईएस) लडाकूका प्रमुख 'अबु बक्र अल बग्दादी' इराकको मोसुल शहरबाट भागेका छन् । सञ्चार माध्यमका रिर्पोटरले बताए अनुसार बग्दादी ज्यान बचाउँनका लागि मरुभूभि तिर भागेका छन् ।
बग्दादी भागे पनि आइएसका तीन हजार भन्दा बढी लडाकू इराकी सेनासँग लडिरहेका छन् । इराकी र अमेरिकी सेनाले बग्दादी कहाँ लुकेका छन् भन्ने कुरा हालसम्म पत्ता लगाउन सकेका छैनन् ।
जानकारी अनुसार बग्दादीले हाल कुनै पनि सञ्चारका साधन प्रयोग गरेका छैनन् । उनले कहिलेकाही एकै दिनमा पनि आफ्नो अखडा बदल्ने गर्दछन् । इराकका अधिकांश शहरमा आर्इएस लडाकूका लागि इराकी सेना भारी बनिरहेका छन् ।
पछिल्लो पाँच महिना देखि अमेरिकाको सहयोगमा लडिरहेका इराकी सेनाले मोसुल शहरलाई पूरै घेरामा हाली दैनिक व्यापक बमबारी गरिरहेका थिए । यसै कारण बग्दादी मरुभूमिको गाउँ इलाका तिर भागेको छन् । जहाँ उनलाई शरण र समर्थन दिने थुप्रै व्यक्तिहरु रहेको बताइएको छ ।