फिलिपिन्समा फेरि शान्तिवार्ता हुने

फिलिपिन्समा फेरि शान्तिवार्ता हुने

मनिला: फिलिपिन्सको सरकार र ४८ बर्षदेखि विद्रोह गरिरहेको कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्तालाई फेरि अगाडि बढाउने सहमति भएको छ।

फिलिपिन्सको राष्ट्रपतिका शान्ति प्रक्रिया सम्वन्धि सल्लाहकार जेसुस डुरेजाले अप्रिलको पहिलो हप्ता शान्तिवार्ता सुरु गर्नुभन्दा अगाडि दुवै पक्षबाट युद्धविराम गर्ने सहमति पनि भएको जानकारी दिएका छ।

आफ्नो फेसबुक पेजमा उनले लेखेको वक्तव्यमा चाँडोभन्दा चाँडो त्यसका लागि एक अर्कालाई जानकारी गराउने सहमति भएको पनि उल्लेख गरिएको छ।

“म खुसी व्यक्त गर्न चहान्छु कि, फिलिपिन्स सरकार र कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्ता गर्ने सहमति भएको छ, योसँगै अवस्था फेरि सही बाटोमा फर्किएको छ,” डुरेजाले लेखेका छन्।

दुवै पक्षले पाँचौ चरणको औपचारिक शान्तिवार्ता आउँदो जुनमा गर्ने सहमति समेत गरेका उनले जानकारी दिएका छ।

उनले उनीहरूसँग अनौपचारिक शान्तिवार्ता भने सरकारले मार्च १० र ११ तारिखमै नेदरल्याण्डको उट्रेचमा गरेको बताए।

सरकारले सन् १९६९ देखि विद्रोह अन्त्य गर्ने प्रयास गरिरहेको थियो । सन् १९८० को दशकमा फिलिपिन्सको द्वन्द्व शिखरमा पुगेको थियो। रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.