पक्की पुल बन्न थालेपछि गाउँले हर्षित

पक्की पुल बन्न थालेपछि गाउँले हर्षित

भनभने गुल्मीः निर्माण कार्य थालिएको पाँच वर्षपछि धुर्कोट (रजस्थल)-भनभने जोड्ने पक्की पुलले गति लिएको छ । धुर्कोट-९ रजस्थलस्थित पनाह खोलामा २०६८ सालमा पुलको निर्माण कार्य सुरु गरिएको हो । बेलाबेला आउने बाढीपहिरो र बाढीले निर्माण सामग्री बगाएपछि निर्माण कार्य प्रभावित भएको निर्माण व्यवसायी बताउँछन् ।

पुल नुहँदा बर्सौंदेखि यस क्षेत्रमा पर्ने धुर्कोट, वाग्ला, सिर्सेनी, भनभने, पुर्कोटदह, बाँझकटेरी, अग्लुङ, मलागिरीसहित छिमेकी जिल्ला प्युठान ओहोरदोहोर गर्ने सर्वसाधरणलाई सास्ती भएको छ । ‘पाँच वर्ष भयो पुल बन्न सुरु गरेको', धुर्कोट रजस्थल-९ का स्थानीय दयानिधि पन्थीले भने, ‘यसपालि बन्छ कि जस्तो छ ।' पुल निर्माण कार्यले तीव्रता पाएपछि यहाँका स्थानीय हर्षित भएको उनले जानकारी दिए ।

‘वर्षात्मा खोला वारपार गर्न निकै कठिन हुन्थ्यो', पन्थीले भने, ‘धेरै वर्ष ज्यानै जोखिममा राखेर वारपार गर्‍यौँ । पुल बन्ने भएपछि खुसी लागेको छ ।' सदरमुकाम तम्घासबाट सामान लिएर व्यवसाय गर्नेहरूलाई वर्षात्को समयमा धेरै समस्या हुने गरेको उनले गुनासो गरे । ‘खोलाको त्रासले हिँउदमै व्यवसायीले धेरै सामान स्टक राख्नुपर्ने बाध्यता छ', उनी भन्छन्, ‘सामान स्टक राख्दा धेरै त म्याद गुज्रिएरै फालेको देख्थ्यौँ ।'

सदरमुकाम तम्घासदेखि जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बजार पुर्कोटदहसम्म पुग्न यो नै एक मात्र सडक भएको धुर्कोटकै स्थानीय महेन्द्र भण्डारीले जानकारी गराए । ‘वर्षात्मा करिब चार/पाँच महिनासम्म खोलाको त्रासले सडक ठप्पै हुन्छ', उनले भने, ‘कच्चीबाटो त्यसैमा खोलाको त्रासले सर्वसाधरण ओहोरदोहोर गर्दैनन् ।' पुल बन्ने आसले आफूहरू धेरै खुसी भएको उनले सुनाए ।

निर्माणको जिम्मा लिने कम्पनी फेरवदल भइरहने र भूकम्पका कारण समयमा पुल निर्माण हुन नसकेको तमघास-सिमलटारी-प्युठान सडक आयोजनाका सूचना अधिकारी अचुतविलास पन्तले जानकारी दिए । उनका अनुसार पनाहाखोला-जुरेढुंगा पक्की पुल ०६८/०६९ मा सम्झौता भई ०७१ साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी मेचीको ऐन कम्पनीलाई जिम्मा दिइएको थियो । दुई करोड ७३ लाख २५ हजार रुपैयाँ कुल लागतमा निर्माण गर्ने योजना रहेको उनले बताए । पुलको लम्बाइ २५ दशमलब ५० मिटर छ । पन्तका अनुसार कुल बजेटको ३८ प्रतिशत रकम खर्च भइसकेको छ ।

२०७१ असार मसान्तमै निर्माण कार्य सक्नुपर्ने भए पनि प्राविधिक कारणले निर्माण सम्पन्न हुन नसकेको आयोजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै पुल निर्माणको काम सकिने छ । ‘यसपालिको वर्षात्मा ढुक्कसँग यातायात चल्नेछन्', उनले भने, ‘निर्माणको काम तीव्र पारिएको छ ।' हाल निर्माणको जिम्मा मेचीको जेभी काठमाडौँले पाएको प्राविधिक सुमन बरालले जानकारी गराए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.