तारागाउँमा रवीन्द्र कला

तारागाउँमा रवीन्द्र कला

काठमाडौंः हार्वर्ड विश्वविद्यालयको छनोटमा परी यसै साता अमेरिका जान लागेका कलाकार रवीन्द्र श्रेष्ठका कला बौद्धस्थित तारागाउँ म्युुजियममा प्रदर्शनमा राखिएका छन् । श्रेष्ठले भूकम्पपछिको नेपालको अवस्था र मानवीय संवेदनामा आधारित कलाकृति प्रदर्शनीमा राखेका हुुन् ।

२०७२ वैशाखको भूकम्पलगत्तै उनले सम्पदास्थलमा पुुगेर त्यसको भावमा केन्द्रित रही चित्र बनाए । मठमन्दिर, पुुरातात्विक सम्पदालाई कलात्मक रूपमा चित्रमा उतारेर श्रेष्ठले त्यति बेलाको सामाजिक अवस्थालाई प्रस्तुत गरे । भूकम्पपछिको सम्पदाको अवस्थालाई कलात्मक रूपमा चित्रण गरेका रेखाचित्रले प्रदर्शनीको रौनकता बढाएको छ । त्यस्तै अर्कातिर विश्वमा आक्रान्त बन्दै गइरहेको युुद्ध र त्यसले समाजमा पारेको मनोदशालाई ‘फिंगरप्रिन्ट’मार्फत उनले कलात्मक रूपमा चित्रण गरेका छन् ।

‘प्रदर्शनीमा मानवीय संवेदनासँग जोडिएका विषयलाई उतारेको छुु । विश्वमा युुद्ध र अशान्तिले समाज आक्रान्त बनेको छ’, उनले भने, ‘त्यसले मानव जातिमा देखा परेको दुुखान्त मनोदशालाई सिर्जनात्मक रूपमा ढाल्ने कोसिस मैले गरेको छुु ।’ सम्पदा र मानवीय दुुखान्तका क्षणलाई रवीन्द्रले कलात्मक रूपमा चित्रमा व्यक्त गरेको तारागाउँ म्युुजियमका निर्देशक रोशन मि श्रले बताए । मिश्रले भने, ‘नेपाली कलामा थिमेटिक रूपमा काम गर्न रुचाउने श्रेष्ठका कलामा समसामयिक विश्वको सन्दर्भलाई कलात्मक सौन्दर्यमा ढालेको पाइन्छ ।’

त्यस्तै हार्वर्ड विश्वविद्यालयको छनोटमा परी अमेरिका जान लागेका श्रेष्ठले त्यसको पूर्वसन्ध्यामा काठमाडौंमा एकल प्रदर्शनी गरेका हुुन् । उनी अमेरिकाको बोस्टन सिटीमा रहेको हार्वर्ड विश्वविद्यालयको आयोजनामा हुुन लागेको ‘हार्वर्ड साउथ एसिया इन्स्टिच्युुट भिजिटिङ आर्टिस्ट प्रोग्राम’मा दक्षिण एसियाबाट छनोटमा परी सहभागी हुुन लागेका छन् । दक्षिण एसियाली मुुलुुकबाट सो कार्यक्रममा श्रेष्ठसहित चारजना कलाकार छनोटमा परेका छन् । मार्च १८ देखि मे १ सम्म हुुने सो कार्यक्रममा नेपाली कलाकारको छनोट पहिलोपटक भएको हो । सो कार्यक्रममा सहभागी हुुनेबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘विश्वको प्रसिद्ध विश्वविद्यालयले मेरो कलाकृति छानेर सहभागिताका लागि त्यहाँ जान पाउनुु देशकै लागि गौरवको कुुरा हो ।

विश्वको कलाको केन्द्रमा नेपाली समसामयिक कलाको उपस्थिति गराउन पाउनुु हाम्रा लागि अर्थपूर्ण छ ।’ यस्तो मौका कमै राष्ट्रका कलाकारले पाएका छन् । उनले यो मौका दिएकोमा हार्वर्डप्रति कृतज्ञता दिँदै आफूमा निकै ठूलो जिम्मेवारी आएको महसुुस गरेका छन् । सो कार्यक्रममा अन्तरक्रिया, कलासम्बन्धी कक्षा, संग्रहालय तथा पुुस्तकालय भ्रमण आदि राखिएको कलाकार श्रेष्ठले बताए । सो कार्यक्रममा श्रेष्ठले मानवीय संवेदनाका विषयमा तयार पारिएका कलाकृति राख्ने जनाएका छन् । उनले ‘वी आर अल कनेक्टेड’ शीर्षकमा फिंगर प्रिन्ट राख्न लागेको बताए । शुुक्रबार सुुरु भएको प्रदर्शनी मंगलबारसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.