जन्मदिनमा अमिरले भने: राजनीति मेरा लागि होइन
एजेन्सीः बलिउड स्टार अमिर खानले राजनीति आफ्नो लागि नभएको धारणा व्यक्त गरेका छन् । मंगलबार अाफ्नो ५२औँ जन्म दिनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
पत्रकारले राजनीतिमा प्रवेश गर्ने सम्भावनाका बारेमा गरेको प्रश्नको जवाफ दिँदै अमिरले भने, 'राजनीति मेरा लागि होइन। 'अमिताभ बच्चन, गोविन्दा लगायत अन्य केही अभिनेताले राजनीतिमा पाएको अवसरलाई नकारेका छन्। म पनि फिल्ममै खुसी छु।
हाल अमिर आफ्नो फिल्म 'ठग्स आप दिन्दुस्तान'का लागि उत्साहित भइरहेका छन्। किनभने उनलार्इ उनका आदर्श स्टार अमिताभ बच्चनसँग काम गर्ने अवसर मिलेको छ। अमरि र अमिताभ बच्चन फिल्ममा एक्कै साथ देखिन लागेको यो पहिलो पटक हो।
अमिताभसँग काम गर्न पाएको विषयमा अमिरले भने, 'म वहुतै खुसी छु की मलाई अमिताभ जीसँग काम गर्ने अबसर प्राप्त भएको छ। यसबाट पक्कै केही सिक्ने कुरा मौका मिल्ने छ। यो बर्ष सबैभन्दा बढी पर्खाइ मेरो यही फिल्मको लागि छ। यसका लागि म बर्षभरि संघर्ष गर्नेछु ।