युवतीमाथि अनुचित कार्य गर्ने फिल्म निर्माताले जब पिटाई भेटे
एजेन्सीः युवतीलाई दुर्व्यवहार गरेको आरोपमा फिल्म निर्माता वीरेश कन्नडलाई प्रहरीले गिरफ्तार गरेको छ । कुनै युवतीले वीरेशलाई आरोप लगाइनकी, उनले फिल्ममा खेलाउँने आश्वासन दिएर अनुचित व्यवहार गर्ने गर्दथे ।
वीरेशको वास्तविकता बाहिर ल्याउनका लागि युवतीका परिवारले वीरेशको भिडियो बनाइदिए र एउटा स्थानीय टेलिभिजन च्यानलमा प्रसारण गरिदिए । यसपछि युवतीका आफन्तले वीरेशमाथि कुटपिट गरे र प्रहरीलाई बोलाए ।प्रहरीले वीरेशलाई पक्राउ गरे अनि एक्कैछिनमा रिहा गरे ।
जानकारी अनुसार वीरेशले आफ्नै अफिसमा काम गर्ने एक युवतीलाई अनुचित व्यवहार गरिरहेका थिए । युवतीले यो कुरा आफन्तलाइ भनिदिइन् । सार्वजनिक भएको भिडियोमा वीरेश युवतीको परिवारसँग माफी मागिरहेको देखिन्छ ।
वीरेशले पनि आफूमाथि कुटपिट गरेको भन्दै युवतीका परिवार माथि मुद्धा दायर गरेका छन् । जानकारी अनुसार वीरेशले 'प्रीति माए हुशार' फिल्म निर्माण गरेका थिए । जुन फिल्म २०१४ मा रिलिज भएको थियो ।