छलिया नृत्य जोगाउन महोत्सव

छलिया नृत्य जोगाउन महोत्सव

बैतडीः सांस्कृतिक तथा ऐतिहासिक मानिने छलिया नृत्य जोगाउन बैतडीको रोडीदेवलमा ‘छलिया महोत्सव' आयोजना गरिएको छ । डेउडा गायक सागर भण्डारी (स्वराडी)को पहलमा भएको महोत्सवमा बैतडीलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लामा चलनचल्तीमा रहेका छलिया नाच देखाइयो । पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छलिया नृत्य जोगाउन महोत्सव सञ्चालन गरिएको गायक भण्डारीले बताए । ‘छलिया नृत्यमा धेरै संस्कृति अटाएको छ । यो लोप हुन थालेकाले यसको संरक्षणका लागि महोत्सवको आयोजना गरेका हौं', उनले भने ।

परापूर्वकालमा राजारजौटाहरूले लडाइँमा जित हासिल गरेपछि देखाइने छलिया नृत्य पछिल्लो समय शुभकार्यमा देखाउने प्रचलन छ । तर हिजोआज पाश्चात्य संस्कृतिको प्रभावले छलिया लोप हुन थालेको देउडा गायक महेशकुमार औजीले बताए । छलिया भनेको छलेर खेल्ने नृत्य हो । यसमा हातहतियारले सुसज्जित जोडी खेल्ने गर्छन् । दमाहामा छलिया बाजाको ताल बजेसँगै उनीहरूले छलिया नृत्य देखाउने गर्दछन् । यस्ता महोत्सवले संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएके छ ।

छलिया हाम्रो संस्कृतिको धरोहर हो यसको गरिमालाई बचाउन यस्ता महोत्सव बेलाबेलामा हुनुपर्छ । यसको संरक्षणका लागि युवा वर्ग सचेत हुनु पर्छ ।

पहिले पाइक (बलवान) पुरुषहरूले छलिया नृत्य देखाउने चलन थियो । पोसाक पनि छुट्टै हुन्थ्यो । बाइसेचौबिसे राज्यमा राजाहरूले आफूले गर्ने गरेका ठूला कार्यमा छलिया नृत्य देखाउने चलन थियो । तर पछि विवाह, व्रतबन्धलगायतका शुभ समारोहमा छलिया देखाउने चलन चल्यो । हिजोआ त्यो चलन पनि हराउन थालेको छ । त्यसैले यो नृत्यको प्रवद्र्धनका लागि छलिया महोत्सव आयोजना गरिएको गायक भण्डारीको भनाई छ । महोत्सवमा जिल्ला तथा जिल्ला बाहिर रहेका छलिया जोडीहरूको उत्साहजनक सहभागिता थियो ।

उनीहरूले महोत्सवमा आफ्ना कला प्रदर्शन गरेका थिए । महोत्सव हेर्न गाउँगाउँबाट स्थानीयको पनि उल्लेख्य सहभागिता थियो । छलिया नृत्यको संरक्षण गर्न आयोजना गरेको महोत्सवमा बालबालिकादेखि वृद्धवृद्धा समेतको सहभागिता रहेको थियो । ‘छलिया हाम्रो संस्कृतिको धरोहर हो यसको गरिमालाई बचाउन यस्ता महोत्सव बेलाबेलामा हुनुपर्छ', बैतडीका तेजबहादुर चन्दले भने, ‘छलिया नृत्य अहिले फाट्टफुट्ट रूपमा देख्न सकिन्छ । यसको संरक्षणका लागि युवा वर्ग सचेत हुनु पर्छ ।'

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.