एक करोडको ईंटा नोक्सान

 एक करोडको ईंटा नोक्सान

तौलिहवाः अचानकको वर्षाका कारण जिल्लाका ईटा उद्योगीहरुलाई करीब १ करोड रुपैयाको क्षति पुगेको छ । जिल्लाका ५० वटा ईटा उद्योगहरुमा वर्षाका कारण करीब ६० लाख पिस काँचो ईटा गलेर नष्ट भए पछि ईटा उद्योगीहरुलाई यति ठुलो नोक्सानी भएको हो ।

उद्योगमा भएको यो नोक्सानीका कारण यस वर्ष उत्पादन हुने ईटामा पनि केही प्रतिशत मूल्य बृद्धि हुन सक्ने कपिलवस्तु ईटा उद्योग संघका अध्यक्ष अल्तार्फुर रहमानले बताए । पकाउने तयारी हालतमा राखिएका ईटा यति ठुलो परिमाणमा नष्ट हुंदा उद्योगीहरु निकै चिन्तित भएका छन् । वर्षाका कारण फाईब स्टार ईटा उद्योगको ४ लाख पिस कांचो ईटा नष्ट हुंदा करीब ६ लाख रुपैया नोक्सान भएको उद्योगका संचालक तथा संघका अध्यक्ष रहमानले बताए । सरकारले उद्योगलाई संरक्षणको निति लिन कांचो ईटा विमाको व्यवस्था मिलाई दिनु पर्ने उद्योगीहरुको माग रहेको रहमानले बताए ।

यसै गरी शिवराज नगरपालिका स्थित पन्चकन्या ईटा उद्योगको करीब १० लाख कांचो ईटा नष्ट भएको उद्योगका संचालक सफर मियाले बताए । संचालक मियाका अनुसार उनको उद्योगलाई करीब १५ लाख रुपैया बढीको क्षति भएको छ । घर खेत वन्धकी राखेर उद्योगीहरुले पुंजी जुटाउंछन् तर अचानक आईपर्ने यस्ता समस्याका कारण उद्योगीहरुले लगानी गरेको पुंजी डुब्ने खतरा बढेको छ, मियाले भने “यस्तो अवस्थामा हामी उद्योगीलाई कही कतैबाट संरक्षण हुन सकेको छैन ।

खुला आकाश मुनि संचालन गरिने अति जोखिमपुर्ण उद्योग भएका कारण ईटा उद्योगीहरुलाई राज्यले लिने करमा सहुलियत दिनु पर्छ ।' आफुहरुले व्यवसायिक सुरक्षाका लागि उद्योगको विमा गर्न खोजे पनि कुनै विमा कंपनीले ईटा उद्योगको विमा नगरिदिएका कारण वर्षेनी करोर्डौ रुपैया ईटा उद्योगहरुले नोक्सान व्यहोर्दै आएको मियाले बताए । यसै गरी भृकुटी नगरपालिका २ स्थित सेभेन स्टार ईटा उद्योगमा करीब ७ लाख ईटा नोक्सान भएको संचालक रुक बहादुर भुषालले बताए । ईटा उद्योग खुला आकाश मुनि मानव श्रम स्रोत प्रयोग गरेर संचालन गरिने निकै जोखिमपुर्ण व्यवसाय भएका कारण यसको संरक्षणका लागि अनिवार्य विमाको व्यवस्था मिलाई दिन भुषालले सरकारसंग अनुरोध गरे ।

काँचो ईटा उत्पादनका लागि मजदुरहरुलाई प्रति कांचो ईटा १ रुपैया ५० पैसा खर्च पर्ने उद्योगीहरु बताउंछन् । आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा मूल्य अभिबृद्धि कर र जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा ६१ उद्योगहरु संचालनमा रहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.