स्थानीय तहलाई साढे सात अर्ब

स्थानीय तहलाई साढे सात अर्ब

काठमाडौः सरकारले स्थानीय तहलाई करिब साढे सात अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । चुनावको मुखमा सात सय ४४ स्थानीय तहलाई एक/एक करोड रुपैयाँका दरले रकम दिन थालिएको हो । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा न्यूनतम पूर्वाधारको तयारी गर्न सरकारले यो रकम दिन लागिएको जानकारी दिए । भर्खरै गठन भएको स्थानीय तहलाई सरकारले रकम दिने निर्णय गरेको हो ।

‘गाउँपालिकाको तुलनामा नगर, महानगर स्रोत साधन सम्पन्न भएका छन् । त्यसैले गाउँपालिकालाई उनीहरू बराबरको अनुदान दिन लागिएको हो ।' बिउ पुँजीमा दिएको रकममध्ये ८० प्रतिशत पुँजीगत र २० प्रतिशत चालू खर्च गरोस् भन्ने हाम्रो चाहना हो', उनले भने । घोषणा गरिएमध्ये आधा रकम तत्काल दिएर खर्च भइसकेपछि बाँकी निकासा गर्ने अर्थ मन्त्रालयको योजना छ ।

सरकारले हालै चार महानगर, १३ उपमहानगर, दुई सय ४६ नगर र चार सय ८१ गाउँपालिका घोषणा गरेको छ । स्थानीय तह संरचनागत विकासका लागि बिउ पुँजीका रूपमा यो रकम दिन लागेको महराले जानकारी दिए । स्थानीय निकायले कार्यालय बनाउन, भाडामा लिन या जग्गा खरिद गर्न जस्ता पूर्वाधार तयारीका रकम दिएको हो ।

पुनःसंरचना गरिएका स्थानीय निकाय कार्यान्वयनका लागि सरकारले तत्काल कार्यकारी प्रमुखका रूपमा गाउँपालिकामा शाखा अधिकृत, उपमहानगर र नगरमा उपसचिव र महानगरमा सहसचिव खटाउन लागेको समेत जानकारी दिए । ‘वडामा बिघटित गाउँ विकास समितिका सचिव छन्', महराले भने,‘कार्यकारी प्रमुखको नियुक्ति पश्चात स्थानीय तहमा समन्वयका साथ काम अघि बढ्नेछ । ' अहिले दिएको पैसाले पूर्वाधार निर्माण सुरु गर्न सकिने महराले बताए । निर्वाचन आचार संहिताका लागि कर्मचारीको सरुवा गर्न नमिल्ने हुँदा काजमा पठाउने तयारी भएको छ ।

पुराना गाविसमा अनुदान गएको रकमसमेत सम्बन्धित गाउँपालिकामा केन्द्रिकृत हुने महाराले जानकारी दिए । त्यसमा अहिलेको रकम थप्दा प्रत्येक गाउँपालिकाको बजेट नै दुई र साढे दुई करोड पुग्ने उनले बताए । यसले स्थानीय तहको वित्तीय पुनः संरचनासमेत सुरु हुने र बाँकी रकम आउँदो बजेटमार्फत दिने महराले बताए ।

सरकारले आउँदो बजेटदेखि जिल्ला स्तरका साना आयोजनालाई मन्त्रालयबाट सोझै रकम नपठाइ स्थानीय निकायलाई योजना बनाउने अधिकार दिने भएको छ । इन्फोचुनावको मुखमा सात सय ४४ स्थानीय तहलाई एक/एक करोड रुपैयाँका दरले रकम दिन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.