२५ वटा गैरसरकारी संस्था लघुवित्त बन्ने
काठमाडौः लघुकर्जा कारोबार गर्दै आएका २५ वटा गैरसरकारी संस्था लघुवित्तमा रुपान्तरण हुन पाउने भएका छन् । उनीहरूले कम्पनीमा दर्ता भई सेयर बिक्री गरेर लघुवित्त कम्पनी (माइक्रोफाइनान्स) बन्न पाउने गरी राष्ट्र बैंकले निर्णय गरेको हो । राजधानीमा सुरु भएको तीन दिने पाँचौ लघुवित्त सम्मेलनमा राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले २०७४ चैतसम्म फिङगोलाई लघुवित्तममा रुपान्तरण भइसक्नु पर्ने बताए ।
लघुकर्जा कारोबार गर्दै आएका २५ वटा गैरसरकारी संस्थाले २०७४ चैत मसान्तसम्ममा कम्पनी रजिस्ट्रारको कार्यालयमा लद्युवित्त कम्पनी दर्ता गरी राष्ट्र बैंकबाट लद्युवित्त कारोबार गर्ने स्वीकृति लिन सक्छन् । २०७५ मंसिरसम्ममा गैरसरकारी संस्थाले लद्युवित्तको सबै सेयर व्यक्ति वा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकबाट स्वीकृत प्राप्त संस्थालाई बेचिसक्नुपर्ने उनले जानकारी दिए ।
नेपालले लघुवित्त संस्था नाफामुखी भएको भन्दै स्वः नियमनमा बस्न निर्देशन दिएका छन् । साथै गरिब, विपन्न वर्गको नाममा करोडपति बन्ने सपना नदेख्न लद्युवित्त कम्पनीलाई उनले चेतावनी दिए । तपार्इंहरूको काम विपन्न वर्गका मानिसको जीविकोपार्जनमा सहयोग गर्ने हो, उनीहरूलाई आर्थिक गतिविधिमा समाहित गर्ने हो, नाफा गर्ने होइन, लद्युवित्तबाट करोडपति हुने चाहना भए यसलाई छाड्नुहोस्, अन्य व्यापार गर्नुस्', उनले भने ।
लघुवित्त कार्यक्रम सहरमुखी भएको भन्दै ग्रामीण क्षेत्रमा विस्तार हुन आग्रह गरे । धेरै संख्यामा लघुवित्त संस्था भए पनि सुदूरपश्चिमका गाउँमा पुग्न नसकेको उनको भनाइ छ । लघुवित्त कम्पनी खोल्न राष्ट्र बैंकले रोक लगाए पनि मुगु, जाजरकोट, बाजुरालगायत विकट क्षेत्रमा अनुमति नरोकिएको प्रष्ट पारे । लघुवित्त संस्थाले राम्रो काम गर्दै आएका सरहना गर्दै उनले भने, ‘तर यसमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ र नाफामुखी हुँदै गएको छ, समयमै सचेत बन्नुहोस्, राष्ट्र बैंकले सूक्ष्म रूपमा निगरानी गरिरहेको छ ।'
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले लघुवित्त कार्यक्रमको मूल्य र मान्यताबाट बिचलित नहुन लघुवित्तकर्मीलाई आग्रह गरे । ग्रामीण अर्थतन्त्रलाई सवल र सक्षम बनाउने लघुवित्त कार्यक्रमको उद्देश्यलाई आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ । चौथो राष्ट्रिय लघुवित्त सम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै मन्त्री महतले वित्तीय र मानवीय सन्तुलन कायम गर्ने लघुवित्त कार्यक्रमको उद्देश्य सफल बनाउन आग्रह गरे ।
सार्वजनिक-निजी-सहकारी तीन खम्बे अर्थनीति अबलम्वन गर्दै समाजवाद उन्मुख अर्थतन्त्रतर्फ जाने संविधानको उद्देश्य रहेको भन्दै उनले यसलाई सफल बनाउन पनि लघुवित्त संस्थाको भूमिका महत्र्वपूर्ण हुने बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले लघुवित्त संस्थालाई आफ्नो कारोबार सीमित नगर्न आग्रह गरे । वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब पुगेपछि बैंकमा रकमको अभाव नहुने, लगानी विविधिकरण हुने र लघुवित्त संस्थामा पनि फण्डको अभाव नुहने उनको भनाइ छ । वाणिज्य बैंकले २ प्रतिशत वित्तीय क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीतिका कारण लघुवित्त संस्थामा फन्ड कमी भएको भन्ने लद्युवित्तकर्मीको गुनासोप्रति उनले वाणिज्य बैंक, वित्तीय संस्था तथा लद्युवित्त संस्थाबीच बलियो सहकार्य हुनुपर्नेमा उनले जोड दिए । स्थानीय निकायको निर्वाचन एवम् सातवटा प्रदेशमा आर्थिक रूपान्तरणका लागि प्रतिस्पर्धा हुने, लघुवित्त संस्थाको कारोबार पनि बढ्ने शाहले बताए ।
नेपाल माइक्रोफाइनान्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तको क्षेत्रमा नेपाल दक्षिण एसियामै सवल र सक्षम रूपमा अगाडि बढिरहेको जानकारी दिए । सम्मेलनका संयोजक पिताम्बरप्रसाद आचार्यले २४ लाख विपन्न वर्गमा लघुवित्त संस्थाले सेवा दिँदै आएको बताए । त्यसमध्ये ९० प्रतिशत महिला रहेको उनको भनाइ छ ।
५२ वटा लघुवित्त संस्थाले ७५ वटै जिल्लामा वित्तीय सेवा दिइरहेका छन् । ‘सेन्टर फर माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हरिहर आचार्यले लघुवित्त संस्थाबीच विशुद्ध मूल्य-मान्यता हुनुपर्नेमा जोड दिए । सम्मेलनका माइक्रोफाइनान्सका अध्यक्ष गणेशबहादुर थापाले लघुवित्त कार्यक्रमले गरिबी निवारणमा सहयोग पुर्याउँदै आएको बताए । इन्फो५२ वटा लघुवित्त संस्थाले ७५ वटै जिल्लामा वित्तीय सेवा दिइरहेका छन् ।