नेपाल वायु सेवाले रणनीतिक साझेदार ल्याउन पत्र पठायो

नेपाल वायु सेवाले रणनीतिक साझेदार ल्याउन पत्र पठायो

काठमाडौं : नेपाल वायु सेवा निगममा रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया अगाडि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेवानीका रणनीतिक साझेदार ल्याउनका लागि पाँच भन्दा बढी मुलुकका एयरलाइन्स कम्पनीलाई पत्रचार गरिसको छ।

मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको अनुसार निगममा रणनीतिक साझेदारी भित्र्याउनका लागि राजदूतावास मार्फत् विश्वका चर्चित एयरलाइन्सलाई पत्र पठाइएको हो।

मन्त्रालयले कुनै वस्तु किने जस्तै गरी ग्लोबल टेन्टर नगरी एयरलाइन्स कम्पनीलाई हामी राष्ट्रिय ध्वाजवाहकमा साझेदारी गर्न चोहका छौं भन्दै केही देशका एयरलाइन्सलाई पत्रचार गरेको लामिछानेले बताए।

मन्त्रालयका अनुसार जर्मनको लुफ्फान्सा, फ्रान्सको एयर फ्रान्सलगायत अमेरिका, अष्ट्रेलिया र बेलायतमा रहेका राजदूतावास मार्फत् पत्रचार भइसकेको छ।

मन्त्रालयले अप्रिल १७ तारिकसम्म आफू साझेदारी बन्न चाहने वा नचाहने गरी आशाय पत्र पठाउन आग्रह गरेको छ। साथै मन्त्रालयले १० वर्षसम्म एक पटक निर्णय भएको अवस्थामा साझेदारी निरन्तर रहने सक्ने गरी प्रस्ताव गरेको छ। तर, यसका लागि मन्त्री स्तरीय निर्णय हुँदै क्याविनेटको निर्णय पनि आवश्यक पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.