गीतमा एन्टिबाइटिक!

गीतमा एन्टिबाइटिक!

काठमाडौं: बिरामी परेकालाई सामान्य औषधिले काम नगरे एन्टिबाइटिक दिइन्छ । गायक गम्भीरजंग रायमाझीले गीतमै एन्टिबाइटिक खोज्ने प्रयत्न गरेका छन् । तीन दशकदेखि व्यायाम पेशामा संलग्न रायमाझीले ४० वशन्त पार गरेपछि आफूमा दबाएर राखेको कला बाहिर ल्याएका हुन् ।

३० वर्षदेखि सेवाग्राहीलाई जिम, व्यायाम गराउँदै आएका रायमाझीलाई लाग्यो, ‘मानिस पूर्ण स्वस्थ्य हुन त शारीरिक र मानसिक स्वास्थ्यको खाँचो हुँदो रैछ ।’ व्यायामले शरिरलाई तन्दुरुस्त राखे पनि मानसिक स्वास्थ्यका लागि संगीत नै उपयुक्त हुने उनले देखे । अनि गाएः

पेनकिलरले छोएन मायाको घाउ
कान्छी, एन्टिबायोटिक देऊ,
कुटुकुटु खान्छ कलेजीको छेउ
कान्छी एन्टिबायोटिक देऊ ।

सानो छँदा हजुरआमासँग वागमती किनारमा रहेको प्रयागघाटमा भजन गाएको उनले सम्झे । अनि ‘ग्याम्बिज’ क्याफे चलाउँदा पाहुनाका लागि गीत गाउँदाको अनुभवलाई उनले यस गीतमा खार्न पाएको बताए । शेखर सुवेदीका शब्द, कल्याण सिंहको संगीतलाई दयराज पौडेलले एरेन्ज गरेपछि रायमाझीले स्वर भरेका हुन् । <iframe src="//www.youtube.com/embed/aD5UMW5REe0" width="750" height="425" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

 

२०३० सालमा काठमाडौंको बानेश्वरमा आमा स्व. राज रायमाझी र बुवा स्व. बच्चुराम रायमाझीका तीन सन्तानमध्ये उनी एक हुन् । २०४३/४४ देखि नै व्यायाम पेशामा लागेका उनले जिमका मिस्टर नेपाल उदय श्रेष्ठसँग जिम सिकेका थिए । रत्नराज्यबाट बीकम अध्ययन गरेका उनले २०४८ सालमा भिमसेनगोलामा ‘किङकम क्लब’मा जिम सिकाए । ‘पेशाले यता लागेपनि मनको भित्र कतै गीत/संगीतप्रति गहिरो लगाव थियो’, सायमाझीले भने, ‘ढिलै भए पनि यो गीत ल्याएँ ।’

२०५३ सातयता उनले वानेश्वरमा ‘कम्पलिट हेल्थ क्लब’ सञ्चालनमा ल्याए । क्लबबाट कम्तिमा दुई लाख सदस्यले स्वास्थ्य लाभ लिइसकेका छन् । उनलाई लाग्यो ‘मानिस सम्पूर्ण रुपमाले स्वस्थ्य हुन मानसिक रूपमा पनि स्वस्थ्य हुनुपर्‍यो ।’ त्यसका लागि उनले आधुनिक पाराको पप गीत एन्टिबाइटिक गाए ।

युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत दुई सातामै करिब ७४ हजारले रुचाइसकेका छन् । व्यापारिक उद्देश्य नभए पनि मानिसहरुको व्यस्तता, भागदौड र तनावका बीचमा पनि गीतले सुद्ध मनोरञ्जन देओस भन्ने उनको चाहना हो । ‘गीतको रेस्पोन्स र मैले पाएको प्रतिक्रियाले मलाई संगीतप्रति जिम्मेवारीबोध गराएको छ’, गायक रायमाझीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.