पहिरनका कारण हाँसोका पात्र बनिन् एन्जेला
रंगीन संसारमा क्रियाशील सेलिब्रेटीका लागि चर्चामा आउने एउटा माध्यम हो पहिरन । तर, आकर्षक देखिन प्रयोग गरिने कतिपय पहिरनबाट नकारात्मक चर्चा हुने गर्छ । अहिले यस्तै भएको छ अमेरिकी अभिनेत्री एन्जेला सराफयानलाई।
३३ वर्षीया एन्जेललो एक अवार्ड समारोहमा लगाएको गाउनका कारण उनको निकै खिल्ली उडाइएको छ । गाउनमा उनको शरीरको दुवैतर्फको भाग उदांगो देखिनुका साथै ब्रा र पेन्टी नलगाएको प्रस्ट देखिन्थ्यो ।