सलमानलाई तौल घटाउनु गाह्रो
चलचित्र ‘सुल्तान’का लागि ९६ केजी तौल बनाएका सलमान खानले नयाँ चलचित्र ‘टाइगर जिन्दा है’का लागि २० किलो तौल घटाएका छन्। यसै साता सम्पन्न जी सिने अवार्डमा सलमानले तौल घटाउन गाह्रो भए पनि कथाले मागेपछि मेहनत गरेका बताएका हुन्।