नक्सालवादी आक्रमणमा मारिने प्रहरीका परिवारलाई अक्षय कुमारको सहयोग
एजेन्जी : बलिउड अभिनेता अक्षकुमारले नस्सालवादीको आक्रमणमा मारिएका प्रहरीका परिवारलाई आर्थिक सहयोग गरेका छन् । गत मार्च ११ मा सुकमामा नक्सालवादीको आक्रमणबाट भारतीय प्रहरीका १२ जवान मारिएका थिए ।
अक्षकुमारले प्रत्येक परिवारलाई ९ लाखका दरले सहयोग गरेका छन् । अधिकारीहरुले बताए अनुसार घटना हुने वित्तिकै अक्षय कुमारले गृह मन्त्रालयमा सम्पर्क गरी मृतकका परिवारको बैंक खाता नम्बर मागेका थिए ।
मन्त्रालयले उनको आग्रह स्वीकार गर्दै बैंक खाता नंबर उपलब्ध गराउँन सहयोग गरेको थियो । अक्षय कुमारले बिहीबार मृतक १२ जवानका परिवारको खातामा ९ लाखका दरले रकम जम्मा गरिदिएका छन् ।
भारतीय गृहमन्त्री राज नाथ सिंहले अक्षय कुमारले गरको सहयोगको प्रसंशा गरेका छन् ।