निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपा

निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपा

काठमाडौं : निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दुराष्ट्र हटाएको भन्दै सो पार्टीले त्यसविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राजधानीमा शनिबार बसेको सो पार्टीको उपलब्ध केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता रोशन कार्कीले जानकारी दिइन् ।'राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रस्तावना र उद्देश्यमा उल्लिखित मुलभूत मान्यतालाई हटाएर पार्टीको विधान परिवर्तन गर्ने गरी निर्वाचन आयोगले ४ चैत ०७३ मा गरेको निर्णय आपत्तिजनक एवं संविधानको मर्म र भावनाविपरीत रहेको राप्रपाको ठहर छ ।'पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार्दैन । उक्त निर्णयबारे पुनर्विचार गर्न राप्रपा निर्वाचन आयोगसँग आग्रह गर्दछ । यो निर्णयले आगामी स्थानीय तह चुनावको वातावरण धमिलिन सक्नेबारे राप्रपा चिन्ता व्यक्त गर्दछ', कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पार्टी नयाँ संविधानप्रति प्रतिबद्ध रहेको दाबी गर्दै उनले कतिपय विषयमा असहमतिको कारण विपक्षमा मतदान गरेको भए पनि ३ असोज ०७२ सालमा जारी भएको संविधानमा एकीकरण पूर्वका दुवै पार्टीका सभासद्ले हस्ताक्षर गरी संविधानप्रति आस्था र अपनत्व कायम गरेको वास्तविकतासमेत स्पष्ट छ । संविधान निर्माणका क्रममा केही विषयमा फरक मत कायम राखेको हुँदा अन्य कतिपय दलसरह राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत संविधानप्रति आलोचनात्मक समर्थन व्यक्त गरेको तथ्य पनि सर्वविदित छ ।

संसारको कुनै पनि संविधान शतप्रतिशत पूर्ण हुँदैन । संविधान संशोधनीय एवं गतिशील दस्ताबेज भएकाले त्यसका कतिपय प्रावधानप्रति असहमति कायम राख्ने, आलोचना गर्ने र जनताको विश्वास जितेर परिवर्तन गर्ने अधिकार प्रत्येक नागरिक एवं राजनीतिक दलको संवैधानिक एवं प्रजातान्त्रिक हक हो । राष्ट्रिय प्रजातन्त्र पार्टी संविधानका केही व्यवस्थामा असहमत छ तर संविधानको पालना र कार्यान्वयनमा पूर्णतः प्रतिबद्ध छ ।
‘नेपालको नयाँं संविधानअनुसार राजनीतिक दल गठन गरी सञ्चालन गर्न, दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न त्यसको प्रचारप्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानुन वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ' भन्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले त्यसको उल्लंघन गरेर पार्टी विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाइदिएको आरोप सो पार्टीले लगाएको छ ।

निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध राप्रपाले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । घोषित आन्दोलनका कार्यक्रमअनुसार निर्णय पुनर्विचारका लागि आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउने र एक घन्टा निर्वाचन कार्यालयअगाडि धर्ना दिने,, काठमाडांैमा निर्वाचन आयोगको कार्यालय बहादुर भवनअगाडि एक घन्टा धर्ना दिने र आयोगसमक्ष ज्ञापनपत्र बुझाउने, उक्त निर्णयबाट पार्टीको संवैधानिक हक खोसिएको बारे कानुनी उपचार खोज्नेलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी, चैत तेस्रो साताबाट हिन्दुराष्ट्र पुनःस्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने, धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि तत्काल संसद्मा संविधान संशोधन प्रस्ताव पेस गर्ने तथा सदनमा सशक्त रूपमा आवाज उठाउने कार्यक्रम घोषणा गरेको छ ।

यसैबीच, निर्वाचन आयोगले सो निर्णय नसच्याए पार्टी सरकारबाट फिर्ता हुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले चेतावनी दिएका छन् । राप्रपाको चुनाव चिह्न'गाई' सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष थापाले निर्वाचन आयोगको निर्णय संविधानविपरीत भएको दाबी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले भने,'आज यति मात्र भन्छु, आयोगको यो निर्णयले चुनावको वातावरण धमिलिन सक्छ र सम्पूर्ण दोष आयोगको हुनेछ ।'
राप्रपाले अहिले नै आवेशमा कुनै निर्णय नगर्ने भन्दै उनले वैधानिक बाटोबाट अघि बढ्ने बताए । वैधानिक बाटो रोकिए अझ सशक्त आन्दोलन गर्ने र सडकबाटै आफ्ना मान्यता स्थापना गर्न लाग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.