‘घुम्ती किम्फ'मा भावुक भोजपुरे

‘घुम्ती किम्फ'मा भावुक भोजपुरे

भोजपुरः हिमालयन एसोसिएसन र नेपाल पत्रकार महासंघ भोजपुरको संयुक्त आयोजनामा सञ्चालित घुम्ती ‘किम्फ'२०१७ मा प्रदर्शन गरिएको ‘भाग्यले बाँचेकाहरू'वृत्तचित्रले भोजपुरेहरूको मन छाएको छ । भाग्यले बाँचेकाहरू २०७२ को विनाशकारी भूकम्पमा आधारित रहेर बनाइएको डकुमेन्ट्री हो । वत्तचित्रले सबैमा उत्साह, जाँगर भर्नमा थप प्रेरणा प्रदान गरेको वृत्तचित्र हेरेपछि घर फर्कंदै गरेकी दर्शक संगीता थापाले बताइन् ।

वृत्तचित्र हेरेपछि हलबाट बाहिर निस्कँदै गरेका भोजपुरे दर्शकमध्ये एक महिला गहभरि आँसु पारेर साथीलाई भन्दै थिइन्, ‘भाग्यले बाँचेका मान्छेहरूको जीवन साह्रै दुःखलाग्दो हुँदो रै'छ, कसरी जीवन एक संघारदेखि अर्को संघारमा पुग्दो रै'छ है ।'किम्फमा ‘मीरा', ‘सुनाकली', ‘बाह्रखरी लौरी'डकुमेन्ट्रीले भोजपुरे दर्शकका लागि थप आकर्षक बने ।

‘किम्फ'(अर्थात् काठमान्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) मा नेपालको समसामायिक विषयलाई समेटेर बनाइएको उत्कृष्ट वृत्तचित्रको प्रदर्शन गरिरहेको छ । एक दिनमा तीन शो राखिएको वृत्तचित्र प्रदर्शनीमा टिकट काट्ने र टिकट लिनेलाई भ्याइनभ्याइँ थियो ।

देशभरका ४८ जिल्लामा प्रदर्शन भइसकेको र पूर्वका पाँच जिल्ला भ्रमणका क्रममा प्रदर्शन भइरहेको वृत्तचित्र भोजपुरमा पनि प्रदर्शन भइरहेको हो । वृत्तचित्रमध्ये विश्वमा नेपाललाई चिनाउन सफल धाविका भोजपुरे चेली मीरा राईको जीवनसँग जोडिएको ‘मीरा'डकुमेन्ट्रीले किम्फ २०१६ मा ‘अडियन्स अवार्ड'जित्न सफल भएको थियो । वृत्तचित्रमा ‘सुनाकली'किम्फ २०१४ र ‘भाग्यले बाँचेकाहरू'किम्फ २०१५ मा उत्कृष्ट नेपाली डकुमेन्ट्रीको रूपमा पुरस्कृत भइसकेका छन् । यी दुई उत्कृष्ट वृत्तचित्रहरू किम्फ २०१७ मा समेत समावेश गरिएको छ ।

वृत्तचित्र महोत्सवमा सन् २०१७ भित्रका उत्कृष्ट ‘मीरा', ‘भाग्यले बाँचेकाहरू', ‘सुनाकली', ‘बाह्रखरी लौरी', ‘देवकीको खोजीमा', ‘बियोन्ड द वाइट केन', ‘चन्द्र', ‘भुसको लोग्ने', ‘मेला', ‘राइज एन्ड फल', ‘सिमल भुवा जस्तै', ‘स्प्लिट एन्डस्'र ‘अ सङ्ग फर वारपाक'नामक प्रेरणादायी, सन्देशमूलक वृत्तचित्र प्रदर्शनीमा राखिएको छ ।

विशेष गरेर युवा तथा विद्यार्थीलाई प्रेरणादायी, जागरणमूलक बनाउने उद्देश्यका साथ वृत्तचित्र प्रस्तुत गरिएको आयोजक हिमालयन एसोसिएसनका सदस्य तथा आयोजक टोली प्रमुख मनीष श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.