सिफारिस विपरीत गाउँपालिकाको केन्द्र तोकिएपछि स्थानीय अान्दोलित

सिफारिस विपरीत गाउँपालिकाको केन्द्र तोकिएपछि स्थानीय अान्दोलित

कुश्मा: पर्वतको जलजला गाउँपालिकाको केन्द्र साविकका सवै गाविसलाई पायक पर्ने स्थानमा राख्न माग गर्दै स्थानीयवासीले सदरमुकाम कुश्माबजारमा प्रदर्शन गरेका छन्।

स्थानीय राजनीतिक दलहरु, संघसंस्था तथा सर्वसाधारणको समेत उपस्थितिमा कुश्माबजारमा नारावाजीसहित प्रदर्शन गरेका हुन्। गाउँपालिका सिफारिस गर्ने बेला धाईरिङ्ग गाविसको मिलनचोकमा केन्द्र रहने गरी सिफारिस गरिएकोमा आयोगले साविकको माझफाँट गाविसको कार्यालयलाई केन्द्र तोकेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।

Birodh-1_1

गत बुधवारदेखि निरन्तर आन्दोलन गर्दै आएका स्थानीयले हजारौंको संख्यामा जुलुस प्रदर्शन गरी स्थानीय तह पुर्नसंचना आयोग र सरकारविरुद्ध नारावाजी समेत गरेका छन्। स्थानीय निकाय पुर्नसंरचना आयोगले गाउँपालिकाको केन्द्र साविकको माझफाँट गाविसको कार्यालयलाई तोकेको र उक्त स्थान सवैका लागि अपायक भएको भन्दै आन्दोलन गर्नुपरेको आन्दोलित अगुवा युवा सोम पुनले जानकारी दिए।

उनीहरुले सवै गाविसलाई पायक पर्ने गरी धाईरिङ्ग गाविसको मिलनचोक वा माझफाँट गाविसकै मोहनचोकमा राख्न आग्रह गरेका हुन्। उक्त गाउँपालिकामा उत्तरी पर्वतका ७ वटा गाविस समायोजन गरिएको थियो। वाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाईरिङ्ग, नाङलीवाङ र बनौं गाविस गाभेर जलजला गाउँपालिका बनेको हो। उक्त गाउँपालिका ९ वटा वडा कायम भएका छन्।

birodh-2

जलजला गाउँपालिकाका बासिन्दाले निरन्तर आन्दोलन गरेपछि सर्वदलीय र सर्वपक्षीय बैठक बसेर असन्तुष्ट वडाका बासिन्दाहरुको माग सम्वोधनका लागि पहल गर्ने निर्णय भएको छ।  जुलुसपछि आयोजित कोणसभामा जिल्लाका राजनीतिक दलका प्रमुखहरुले आन्दोलनरत गाविसका बासिन्दाको माग सम्वोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.