धुर्मुस-सुन्तलीलाई अमेरिकावासीको साथ

धुर्मुस-सुन्तलीलाई अमेरिकावासीको साथ

काठमाडौं : विसं २०७२ वैशाखमा नेपालमा गएको विनाशकारी भूकम्पले नेपाली जनजीवन नराम्ररी प्रभावित भयो । आठ हजारभन्दा बढीको ज्यान गयो हजारौं घाइते भए, लाखौं नेपाली घरबारविहीन बने । नेपाली यस्तो पीडामा रहेका बेला हास्य कलाकार दम्पती सीराराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) विदेशमा थिए । आफ्नो देशमा परेको पीडाले उनीहरू नराम्ररी रन्थनिए ।

अमेरिकाका विभिन्न स्थानमा तयारी गरिएका केही कार्यक्रमसमेत रद्द गरेर उनीहरू नेपाल फर्किए । मनमा लागेको दुःख र नेपालीलाई परेको पीडामा कसरी सहयोग गर्ने भन्ने उपायको खोजीमा लागे उनीहरू । त्यसका लागि गाउँगाउँमा गएर सकेको राहत बाँडे । काभ्रे र सिन्धुपाल्चोकमा पीडितका लागि सामूहिक आवास बनाए ।

हाल महोत्तरीको मुसहर बस्तीमा आवास निर्माण गरिरहेका उनीहरूको असल कामलाई बोस्टनवासी नेपालीले होस्टेमा हैंसे गरेका छन् । बोस्टनवासी नेपालीले सधैंझै यसपटक पनि सहयोग र समर्थन गरेका हुन् । धुर्मुस-सुन्तली फाउन्डेसनले चलाएको 'धुर्मुस-सुन्तली अभियान' सहयोग कार्यक्रममा भएको स्वस्फूर्त र उत्साहजक सहभागिताले करिब १३ लाख रुपैयाँ सहयोग संकलन गरेको हो ।

संकलित सम्पूर्ण रकम धुर्मुस-सुन्तली फाउन्डेसनको खातामा पठाइने भएको छ । उक्त रकमबाट कुनै पनि खर्च नकटाइने गरी रकम पठाइने जनाइएको छ । सहयोगका लागि आयोजित कार्यक्रममा बोस्टन क्षेत्रलगायत छिमेकी राज्य कनेटिकटबाट पनि नेपालीको उत्साहजनक सहभागिता र सहयोग प्राप्त भएको थियो । कसैले कार्यक्रम आयोजना नगरे पनि कार्यक्रम गर्न हल तथा खानाको सौजन्य बोस्टन, वेस्टरक्सवरीस्थित हिमालय विस्ट्रोले गरेको थियो ।

कार्यक्रममा लेखक शिवप्रकाशले पावर प्वइन्ट प्रस्तुत गरेका थिए । यसमा मातृभूमिको रक्षा गरौ, असल र इमानदारलाई समर्थन र सहयोग गरौं, बेइमान र भ्रष्टलाई सामाजिक रूपमै बहिष्कार गरौं भन्ने विषय समेटिएको थियो । उनले 'विदेश बसेर पनि नेपालका भ्रष्ट नेताको खराउपूजा नगरौं, यो आफैंमा घृणा र लज्जास्पद कर्म हो' भन्ने धारणा राखेका थिए ।

सहयोग बर्दिबासमा निर्माणाधीन मुसहर बस्तीका लागि संकलन गरिएको हो । कार्यक्रम बोस्टनका जागरुक र स्वस्फूर्त नेपालीको सक्रियतामा आयोजना भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.