अशोकको ‘झुल्के घाम’ सार्वजनिक (भिडियो)
काठमाडौं : गायक अशोक मुकारुङको एकल गीती एल्बम ‘झुल्केको घाम’ सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, नेपाली वाङमय परिषद्का अध्यक्ष शशी लुमुम्बुलगायतले संयुक्तरुपमा एल्बम सार्वजनिक गरे।
मुकारुङले निकै लामो समयपछि ल्याएको यो चौथो एल्बम हो। एल्बममा सात गीत समावेश रहेका छन्। एल्बममा गौरब गुरुङ, खेमराज गुरुङ, तुलसी बस्नेत, वसन्त मुकारुङ, वसन्त ताम्सुहाङ र गंगाराज मुकारुङको शबद छन्।
वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ, सुमन राईको संगीत समेटिएको ‘झुल्केको घाम’ र ‘लैबरी’ बोलको गीतको भिडियो समेत सार्वजनिक भएको छ।
गायक मुकारुङले लामो समय पछि ल्याएको एल्बममा मौलिकता दिन खोजेको बताए। एल्बमलाई सेवा इन्टरटेडमेन्टले बजारमा ल्याएको छ।