'सिद्धू पाजी'ले पनि कपिल शर्मा शो छाड्‍ने

'सिद्धू पाजी'ले पनि कपिल शर्मा शो छाड्‍ने

एजेन्सी: भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो 'कमेडी नाइट्‌स विथ कपिल'बाट पूर्व क्रिकेटर नवजोत सिंह सिद्धूले पनि छाड्‍ने भएका छन्।
'चायवाले चन्दु' र 'नानी'ले छाड्ने निर्णय गरेसँगै 'सिद्धू पाजी'ले कपिल शर्माको शो छाड्‍ने भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

उनी पञ्‍जाबका मन्त्री समेत हुन्। सिद्धूले कपिल शर्माको शोमा काम गर्नेबारे पञ्‍जाबमा धेरै विवाद भएको थियो। तर उनले काम गर्न भने मानेका थिएनन्। किनकी उसले यहीबाट आफ्नो घर गृहस्ती चलिरहेको बताउँदै आएका थिए। तर पञ्‍जाबका महान्‍यायाधिवक्ताले बिहीबार काम गर्न असंवैधानिक भएको अभिव्यक्ति दिएका छन्।

उनीहरुले शो छाडेपछि कपिल शर्माले एक्लैले किकु शारदा र नवजोतसिंहसँग सुटिङ गर्नु परेको थियो। सुनिलले शोमा नफर्किने निर्णय गरेपछि कपिल शर्मालाई कमेडी शो चलाउन निक्कै मेहनत गर्नु पर्ने बताइएको छ।

यता, सिद्धूले भनेका छन्, 'के मलाई पूर्व सिएम सीएम सुखबीर बादल जस्तो बसेर चल्‍ने चहियो वा भ्रष्टाचार गर्नु पर्‍यो ? यदि म महिनामा चार दिन ७ बजे साँझदेखि ६ बजे बिहानसम्‍म काम गर्दा अरुको टाउको दुखाई किन बन्छ ?'

यसअघि उनी भाजपाको तर्फबाट सांसद हुँदा पनि कपिल शर्मा शोमा काम गर्ने गर्दै आएका थिए। तर यस पटक भने उनले भाजपाबाट राजीनामा दिएर कांग्रेसबाट टिकट लिएर विधानसभामा चुनाव जितेका थिए। त्यसपछि कपिल शर्मा शोमा गरेको कामप्रति सर्वसाधारणले प्रश्‍न उठाउन थालेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.