सन्तान देख्दा रोए करण
काठमाडाैं: सरोगेटमार्फत जुम्ल्याहा सन्तानको बाबु बनेका बलिउड निर्देशक करण जौहरले पहिलोपटक आफ्ना दुई सन्तान देख्दा रोएको खुलासा गरेका छन्।
‘जब मैले उनीहरूलाई पहिलोपटक देखेँ, मेरो आँखाबाट आँसु बगिरहेको थियो । यसभन्दा अघि यस्तो भावनात्मक क्षण कहिल्यै अनुभूति गरेको थिइनँ’, उनले भनेका छन् ।