तीन खेलाडी जसलाई अनुबन्ध गर्न रोनाल्डोले क्लबलाई सुझाए
काठमाडौंः रियल मड्रिडले समर ट्रान्सरमा केही नयाँ खेलाडी भित्र्याउन चाहेको छ। राम्रा खेलाडीको खोजीमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज र प्रशिक्षक जिनेदिन जिदान लागिपरेका छन्।
यसैक्रममा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलाडी अनुबन्धका लागि रियल मड्रिडलार्इ सुझाव दिएका छन्। रोनाल्डोले क्लबका अध्यक्ष परेजलाई तीन खेलाडीलाई क्लबमा भित्र्याउन सुझाएका छन्। स्पेनिस पत्रिका डाएरियो गोलका अनुसार रोनाल्डोले मोनाकोका बर्नाडो सिल्भालाई क्लवमा भित्र्याउन सुझाएका छन्।
यस्तै उनले केलोर नाभारको स्थानमा म्यानचेस्टर युनाइटेडका गोल रक्षक डेभिड डि जिया र चेल्सीका थिवाउट कोर्टिवसमध्ये एकलाई क्लबमा भित्र्याउँदा गोल रक्षाको पंत्ति बलियो हुने बताएका छन्। रोनाल्डोले रियल मड्रिडको डिफेन्समा पनि केही सुधार गर्नु पर्ने आवश्यकता देखेका छन्। रोनाल्डोले कप्तान सर्जियो रामोसलाई सघाउन सेन्टर व्याकमा नयाँ खेलाडी ल्याउनु पर्ने सुझाव क्लब व्यवस्थापनलाई दिएका छन्।
रोनाल्डोले फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाको ठाउँमा बोरुसिया डर्टमन्डका डेम्बेले र पियरे एमरिक ओबामियाङ तथा युभेन्टसका अर्जेन्टिनी स्ट्राइकर पाउलो ड्याबाला र मोनाकोका केलिएन एमबाप्पे मध्ये कोहीलाई क्लबमा भित्र्याउन सुझाएको स्पेनिस पत्रिकाले उल्लेख गरेका छन्।