ज्योतिलाई दर्शकको ओइरो

ज्योतिलाई दर्शकको ओइरो

विराटनगरः लोकगायिका ज्योति मगर बिहीबार मोरङको पथरीमा थिइन् । सुनाखरी युवा क्लबले आयोजना गरेको पथरी महोत्सवमा उनलाई निम्त्याइएको थियो । ज्योतिको सांगीतिक प्रस्तुति हेर्न दर्शकको ओइरो लागेको थियो । खैरो रङको टल्कने वान पिसमा स्टेजमा देखा परेकी ज्योतिले डेढ घन्टासम्म लगातार पथरीका दर्शकलाई नचाइन् ।

‘ओई ज्योति ओई ज्योति देऊन एक चोटी', ‘उही मूलाको सिन्की', ‘जिम्बल बाउकी छोरी'सहित उनले आठवटा गीत प्रस्तुत गरेकी थिइन । सुरुमा स्टेजमा कालो ‘विन्ड चिटर' लगाएर आएकी ज्योति स्टेजमा उक्लिएपछि आफ्ना प्रस्तुतिलाई उनले रोमाञ्चक बनाइन् । नृत्य गर्दै गीत गाउने क्रममा उनले लगाएको छोटो वानपिसका कारण भित्री वस्त्रसमेत देखिएकाले कतिपयले उनको प्रस्तुतिलाई उत्तेजक भने । ‘पूर्वका सोल्टासोल्टीलाई मनोरञ्जन दिन म आइरहनेछु', प्रस्तुतिका क्रममा ज्योतिले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.