नेपालमा अर्जेन्टिनी फुटबलर मेसीको सहयोग

नेपालमा अर्जेन्टिनी फुटबलर मेसीको सहयोग

काठमाडौं: चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेसीको सहयोगमा नेपालमा १४ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । २०७१ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त बनेकामध्ये गोरखा, दोलखा र काभ्रेमा तीन स्वास्थ्य केन्द्रको निर्माण पूरा भइसकेको तथा यसै महिनाको अन्त्यमा स्वास्थ्य मन्त्रालयलाई बुझाइने मेसीले आफ्नो फेसबुक पेजमार्फत जनाएका छन् ।

यसैगरी सात स्वास्थ्य केन्द्र अर्काे साताभित्र तथा बाँकी चार पनि वर्षायाम सुरु हुनुअघि नै पूरा भइसक्ने मेसीले जनाएका छन् । मेसीका अनुसार ती स्वास्थ्य केन्द्रहरू युनिसेफसँगको सहकार्यमा उनको फाउन्डेसन ‘फन्डासियोनलियोमेसी’ले निर्माण गरिरहेको हो । ‘नेपालमा लियो मेसी फाउन्डेसन र युनिसेफको परियोजना निकै राम्रोसँग अघि बढिरहेको छ’, मेसीले दुई दिनअघि आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘निकै खुसी लागेको छ । तीन स्वास्थ्य केन्द्रको निर्माण पूरा भइसकेको छ भने बाँकी ११ स्वास्थ केन्द्र निर्माण पूरा हुने क्रममा छन् ।’

मेसी फाउन्डेसनका अनुसार ती स्वास्थ्य केन्द्रहरू गोरखाको दर्बुङ, दोलखा सदरमुकाम र काभ्रेको देवाबुनी बालुवामा निर्माण भइरहेका छन् । उन्डेसनले ती सबै स्वास्थ्य केन्द्र प्रिफेबबाट निर्माण गरिएको जनाएको छ । ती स्वास्थ्य केन्द्रहरू सुविधासम्पन्न हुने पनि फाउन्डेसनले जनाएको छ । ‘सबै स्वास्थ्य केन्द्रहरू वर्षायाम सुरु हुनुअघि नै निर्माण पूरा गरिसकिनेछ र लगत्तै उपकरणहरू पनि जडान गरिनेछ’, फाउन्डेसनले भनेको छ, ‘ती स्वास्थ्य केन्द्रलाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउन लियो मेसी फाउन्डेसनले दोब्बर मेहनत गरेको छ । ती स्वास्थ्य केन्द्रहरूले जिल्ला स्वास्थ्यचौकी र नेपालको स्वास्थ्य मन्त्रालयलाई ठूलो सहयोग पुर्‍याउनेछन् ।’

पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा स्थापित मेसीले नेपाललाई यसअघि पनि सहयोगको अपिल गरेका थिए । विशेषगरी मेसी र उनको फाउन्डेसनले विनाशकारी भूकम्पपछि नेपालका लागि सहयोग जुटाउन सुरु गरेको हो । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले गत वर्ष पनि आफ्नो फेसबुक पेजमार्फत भूकम्पबाट समस्यामा परेका नेपाली बालबालिकालाई सहयोग गर्न आह्वान गरेका थिए । ‘नेपालका १० लाखभन्दा बढी बालबालिकालाई सहयोगको आवश्यकता रहेको छ’, त्यतिबेला उनले फेसबुक पेजमा लेखेका थिए, ‘उनीहरूलाई सहयोग अत्यावश्यक छ, युनिसेफमार्फत सहयोग गर्नुहोला ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.