रेखा थापाको जीवन बुझाउने हतियार गीता

रेखा थापाको जीवन बुझाउने हतियार गीता

काठमाडौं: राष्ट्रिय प्रजातान्त्र पार्टीकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापाका लागि जीवन बुझाउने हतियार गीता बन्‍न पुगेको छ। नेकपा माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेकी रेखाले शनिवार अन्नपूर्णसँगको कुराकानीमा गीता जुनसुकै धर्मालम्बी र समुदायका मानिसहरुले आफूलाई जीवन र जगतलाई बुझन गीता पढनु पर्ने सुझाइन्।

आफूले गुरु राखेर गीता पढेपछि अरुलाई पनि गीता पढन सल्लाह दिने गरेको उनले बताइन्। रेखाले ३० हजार रुपैयाको भागवत गीताको पुस्तक किनेर दु:ख र पीडामा परेका महिलाहरुलाई वितरण गरिन्।

माइती नेपालमा रहेका युवतीहरुलाई गीता पढाउने उद्देश्यले रेखाले ३० प्रति गीताका पुस्तक वितरण गरेका हुन्। रेखाले माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला मार्फत दुख र पीडामा रहेका महिलाहरुलाई हरेक दिन कम्तिमा एक पाना गीता पढन सल्लाह दिदै हस्तान्तरण गरेकी हुन।

चलचित्र क्षेत्रमा ख्याती कमाएकी रेखाको बुझाइमा जीवनमा हरेक व्यक्तिले एकपटक गीता पढनैपर्छ। 'गीता ज्ञानको भण्डार हो। आफूलाई बुझन र संसारलाई बुझन गीता पढनै पर्छ' उनले भनिन 'आफनो जीवनलाई सही ढंगले सञ्चालन गर्न सक्ने व्यक्ति नै मान्छे हो। पशुपतिमा घण्टा बजाएर मात्रै धर्म हुँदैन।'

सन्तुष्टीको लागि सबै भन्दा असल मित्र आफै भित्र रहेछ भन्ने ज्ञान रेखाले गीता पढेर बुझिन । ‘सबैले गीता पढिदिए हाम्रो देश कति राम्रो हुन्थ्यो होला ? स्कूलदेखि नै विद्यार्थीहरुलाई गीता पढाउन पाए,हाम्रो समाज कति अनुशासित हुन्थ्यो होला?'

राजनीतिमा होमिएकी रेखामा गीता पढेपछि यस्ता जिज्ञासा पलाउन थालेका छन। जीवनको भौतिक सुख प्राप्तिका लागि विभिन्न पेशा र व्यवसायमा लागेपनि सुख प्राप्तिका लागि गीता पढनै पर्ने उनले बुझेकी छिन। 'गीतामा बैज्ञानिक कुरा छन,जीवनको लक्ष्य निर्धारण गर्ने आधार छन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.