उच्चस्तरीय छानबिन टोली महोत्तरीमा

उच्चस्तरीय छानबिन टोली महोत्तरीमा

गौशालाः पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ ।

तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोग शनिबार यहाँ पुगेर काम थालेको हो । टोलीले आइतबार महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी सङ्कलनका काम गर्नेछ ।

संविधान जारी हुनुपूर्व र जारी भएपछि मधेस तथा थरुहटमा भएका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लालसहित आयोगका सदस्य सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारी अहिले महोत्तरी जिल्ला दौडाहामा छन् ।

शनिबारदेखि सुरु भएको स्थलगत निरीक्षण चैत १४ गतेसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अध्ययन, प्रमाण तथा उजुरी सङ्कलन एवम् सरोकारवालासँग छलफल गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताए ।

आयोगका अध्यक्ष लालका अनुसार आयोगमा अहिलेसम्म एक हजार ३सय उजुरी दर्ता भइसकेका छन् । सयौँ उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उनले बताए ।

कार्यक्रममा सहभागी सहिद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेताले आयोगको कामकाजबारे प्रश्न उठाएका थिए । दोषीमाथि कारबाही हुनुपर्ने माग पीडित परिवारले राखेका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.