कपिल शर्मालाई सलमानको यस्तो सुझाव

कपिल शर्मालाई सलमानको यस्तो सुझाव

एजेन्सी : बलिउड अभिनेता सलमान खान र टिभी सोका स्टार कपिल शर्माको मित्रता धेरै घनिष्ठ मानिन्छ । कपिल शर्माले कलाकार सुनील ग्रोबरसँग झगडा गरेको कुरामा सलमानले कपिललाई आफ्नो स्टारडमलाई काबुमा राख्न सुझाव दिएका छन् ।

कपिलले गलत व्यवहार गरेको भन्दै उनको सो का सदस्यले एकाएक सो छाड्ने खबर बाहिर आइरहेको छ । हालै एक अन्तर्वातामा अभिनेता सलमान खानले कपिललाई आफ्नो स्टारडमलाई काबुमा राख्न आग्रह गरेका छन् ।

अन्तर्वातामा कपिल शर्माको पछिल्लो व्यवहार बारे सोधिएको प्रश्नको जवाफ दिँदै सलमानले भने,'आफ्नो स्टारडमलाई काबुमा राख्नु अति जरुरी छ । म पनि आफ्नो करिअरको त्यही विन्दुमा उभिएको छु ।

यस ठाउँमा मान्छेहरु मेरो हो मा हो मिलाउँने गर्छन, म सही गरिरहेको छु की गलत आफैँ छुट्याउँन सक्दिन । यस कारण म मेरा साथी र परिवारको कुरा सुन्ने र सुझाव मान्ने गर्दछु जसले मलाई हौसिएर हावामा उड्न दिदैँन । मलाई जमिनमै रहन दिन्छ ।' यी कुरा गर्दै उनले कपिललाई सफलताबाट ज्यादा नहौसिन संकेत गरेका छन् ।

सलमान अगाडि भन्छन् । मान्छेहरु सानो-सानो कुरामा पनि खुसी हुन्छन्, ज्यादा उत्साहले कहिले कही गलतबाटोमा धकेल्छ । आफ्ना असल मित्र तथा परिवारले मात्रै हामी गलतबाटोमा छौँ की सही भन्ने कुरा छुट्याउँन सक्छन् । त्यसैले उनीहरुको कुरा सुन्नुपर्छ।'

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.