थपियो बुख्याचा मन
काठमाडाैं: सर्वनाम चलिरहेको बुख्याचा मन एक साताका लागि थपिएको छ। २५ औं मञ्चनमा बिट मार्ने भनिएको नाटक बुख्याचा मन एक साताका लागि थप गरिएको निर्देशक राज शाहले दिए।
दर्शकहरुले अत्यधिक मन पराएको नाटक बुख्याचा मन राजधानीमा पछिल्लो समय चर्चित नाटक हो। जातीय विभेदमा मानवीयताको उठान गरिएको नाटक दर्शकहरुको अत्यधिक चाप र मागको कारण मिति थपिएको निर्देशक शाहले बताए।
सर्वनामको प्रस्तुति रहेको यो नाटक राज शाहको लेखन तथा निर्देशन रहेको छ। नाटकमा आदित्य शर्मा, आरोही शर्मा, शुदर्शन अर्याल, प्रकाश के.सी.,शर्मिला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेद लौरो, नविनचन्द्र अर्याल, विवेक आर्चाय, सुशील गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको अभिनय रहेको छ।
नाटक चैत्र १९ गतेसम्म बिहीबारबाहेक हरेक दिन बेलुका ५ बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।