केजरीवाललाई गालीबेइज्जती मुद्दामा अदालतमा उपस्थित हुन आदेश

केजरीवाललाई गालीबेइज्जती मुद्दामा अदालतमा उपस्थित हुन आदेश

नयाँदिल्ली : भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उनको आम आदमी पार्टीका पाँच नेतालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा दर्ता गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा उपस्थित हुन शनिबार आदेश दिएको छ।

दिल्ली महानगरपालिकाका प्रमुख दण्डाधिकारी (म्याजिस्ट्रेट) सुमित दासले आम आदमी पार्टीका प्रमुख नेता केजरीवालसहित आरोपित सबैले उक्त मुद्दामा उपस्थित हुन आग्रह गरिएको बताए। मुद्दामाथि कारबाही भने मे २० पछि सुरु हुनेछ।

अदालतमा उपस्थित हुन बोलाइएका केजरी वालसहित आशुतोष, कुमार विश्वास, सञ्जय सिंह, राघव चड्ढा र दीपक पाजपेयी रहेका छन्। उनीहरुमाथिको आरोपलाई अदालतले सही ठहर गरेमा सबै जनाले बढीमा दुई वर्षसम्मको जेल सजाय भोग्नु पर्नेछ।

केजरीवालसहितका आम आदमी पार्टीका नेताहरुले भारतीय अर्थमन्त्री जेट्ली दिल्ली क्रिकेट सङ्गठनका अध्यक्ष भएको (सन् २०००–२०१२) को समयमा आर्थिक अनियमितता गरेको आरोप लगाएको भन्दै दुई वर्ष पहिले मुद्दा दर्ता भएको थियो।

जेट्लीले आम आदमी पार्टीका नेताहरुले आफूमाथि झुटो तथा विद्वेषपूर्ण लाञ्छना लगाउँदै आफ्नो बेइज्जत गर्ने अभियानमा संलग्न भएको भन्दै यसबाट आफू र आफ्नो परिवारको इज्जतमा अपूरणीय दाग लागेको भनी मुद्दा दायर गरेका थिए।

सन् २०१५ को विधानसभा निर्वाचनमा पूर्व सरकारी कर्मचारी केजरीवालको दलले बहमुतका साथ नेतृत्वमा पुगेको थियो। केजरीवाललाई भारतीय राजनीतिमा आफ्ना विरोधीविरुद्ध विना आधार दोषारोपण गर्ने गरेको आरोप लाग्ने गरेको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.