अमेरिकाको रात्रिक्लवमा गोली चल्दा एकको मृत्यु, १४ जना घाइते

अमेरिकाको रात्रिक्लवमा गोली चल्दा एकको मृत्यु, १४ जना घाइते

वासिङ्टन : अमेरिकाको ओहायो राज्यमा आइतबार बिहानै एक रात्रिक्लवमा गोली चल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएकाछन् ।

सिनसिनटीस्थित उक्त रात्रिकालिनक्लवमा आइतबार बिहान करिव एक बजे गोली चलेको सिनसिनटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एविसी न्यूजलाई बताए। फ्रान्जले घटनालाई ठूलो र जटिल आक्रमण भएको भनी टिप्पणी गरे । 

यतिबेला घटनालाई देखेका धेरै जनासँग प्रहरीले कुराकानी तथा अनुसन्धान गरिरहेको छ तर कसैलाई प्रहरी हिरासतमा नलिएको प्रहरी सर्जेन्ट फ्रान्जले बताए । सिनसिनटीका प्रहरी उपप्रमुखले यस घटनामा आतङ्कवादी समूहको सम्लग्नता रहेको कुनै सङ्केत नेभेटिएको बताए। घटना कुन उद्देश्यले घटाइएको भन्ने विषय अझै छानविनको विषय रहेको छ ।

प्रहरीले रात्रिक्लवमा गोली चल्दा सयौँ मानिस घटनास्थलमा रहेको पुष्टी गरेको छ । रासस‍/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.