प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

दमौलीः विद्यालय नै फोरेर प्रश्नपत्र ‘लिक’ भएपछि तनहुँमा सोमबारबाट सुरु हुने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । काहुँ शिवपुरको सहिदगंगा माविको दराजमा राखिएको प्रश्नपत्र परीक्षा सञ्चालन गर्ने अघिल्लो दिन आइतबार खोलिएको अवस्थामा भेटिएपछि जिल्ला शिक्षा कार्यालयले सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

कार्यालयले प्रश्नपत्रको ‘सिल’ खोलिएका विषय नेपाली, गणित, सामाजिक तथा नैतिक शिक्षाको परीक्षा चैत २२ गतेबाट नयाँ प्रश्नपत्र छापेर गरिने जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले बताए । चैत १४, १५, १६ र २० गतेका लागि तोकिएको परीक्षा २२ गतेपछिका लागि सारिएको छ ।

प्रश्नपत्रका पोका खोलिएको देखेपछि विद्यालयका शिक्षकले जिल्ला शिक्षा कार्यालयमा खबर गरेका थिए । ‘परीक्षाको प्रचलित मान्यताअनुसार गोपनीयता नदेखिएकाले प्रश्नपत्र खोलिएको विषयको परीक्षा सार्ने निर्णय गरेका हौं,’ जिल्ला शिक्षा अधिकारी श्रेष्ठले भने ।

जिल्लास्तरीय आधारभूत परीक्षा समितिले जिल्लाभरका विद्यालयका लागि एउटै प्रश्नपत्र तयार पार्छ । कार्यालयले प्रश्नपत्रका नखोलिएका पोकाको परीक्षा भने यथावत् गर्ने निर्णय गरेको छ । स्थगित विषयका लागि प्रश्नपत्र बनाउने र छाप्ने काम थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्लाभरबाट सात हजार आठ सय २० परीक्षार्थीले जिल्लास्तरीय परीक्षा दिँदै छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि हालसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.